प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७३
गुल्मी । उनको मस्तिष्कमा अहिले पनि उनका श्रीमान जिवितै छन् । चार वर्षअघि श्रीमानको भारतमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।
काज किरियाको ८ दिनमा मानसिक सन्तुलन गुमाएकी उनको चार वर्ष सम्म पनि होस् खुलेको छैन् ।
पति वियोगको पीडाले मानसिक सन्तुलन गुमाएकी गुल्मी भनभने गाविस की हुन् उनी ।
१८ वर्षकी हुँदा गुल्मीकै वाग्ला गाविसका वावुराम बिश्वकर्मासंग मागी विवाह गरेकी उनका श्रीमान विवाह लगत्तै भारत गएका थिए एक छोरा र एक छोरी जन्माएकी कमलीका श्रीमान वावुरामको २०७० सालमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।
घट्नापछि उनलाई माइती घरमा ल्या्एर राखियो, त्यसक्रमा उनलाई कसले वलात्कार ग¥यो र कसरी गर्भधारण गरिन भन्ने कुरा पनि कसैलाई थाह छैन् ।तर उनले गत कार्तिक महिनामा छोरी जन्माइन् ।
ति छोरी कसकी हुन भनेर सोध्धा उनले भन्नि–‘कसको हुनु नि मेरै श्रीमानको हो ।’ मोवाईल फोन उनको साथमा छैन तर कुनै ढुङ्गा वा काठको टुक्रालाई फोन बनाउँदै कानमा राखेर मोवाईलमा श्रीमान भारतमा छँदा र आफु गाउँमा हुँदा जसरी कुरा गर्दथिन् त्यसरी नै कुराकानी गर्छिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij