बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

मोेटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु, दुई घाइते

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७३



  • चितवन । चितवनको भरतपुरस्थित बाइपास रोडमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

    गएराति भरतपुरको आँपटारीबाट बाइपास रोड हुँदै केन्द्रीय बसपार्कतर्फ जाँदै गरेको ना २५ प ३८३९ नम्बरको मोटरसाइकलले भरतपुर–११ को बौद्धगुम्बा अगाडि पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

    राति करिब ९ः३० बजेको समयमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर–११ बसेनीका ५४ वर्षीय वीरबहादुर विकको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर–१० का २० वर्षीय नरेन्द्र थापा र पछाडि बस्ने धादिङका १९ वर्षीय विक्रम तामाङ घाइते भएका छन् ।

    उनीहरुको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij