बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

३४ ट्रक चौँरी अनुमतिबिना निकासी

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७३



  • सोलुखुम्बु । करिब एक वर्षको अवधिमा सोलुखुम्बुबाट ३४ ट्रक चौँरी गाई निकासी भएको छ । जिल्ला पशु सेवा कार्यालय सोलुखुम्बुका वरिष्ठ पशु सेवा अधिकृत लेखराज दाहालका अनुसार गत वैशाखदेखि हालसम्म जिल्ला पशु सेवा कार्यालयबाट अनुमति लिएर सो सङ्ख्याको चाँैरी गाई जिल्ला बाहिर लगिएको हो । एउटा ट्रकमा साना बाच्छाबाच्छी करिब २०-२२ वटा र ठूला चौँरी १२-१३ वटाको दरले लैजाने गरेको उनले बताए ।

    सडक सञ्जालले गाउँ जोडिएपछि व्यवसायीले जङ्गलमै पुगेर चौँरी गाई लैजाने गरेका हुन् । जिल्लाबाट सङ्खुवासभा, भोजपुर, पाँचथरलगायतका जिल्लामा लैजान अनुमति माग भएको र कतिपयले पाल्नका लागि लगेको र केही त्यहाँबाट तिब्बत निकासी भएको हुनसक्ने पशु सेवा कार्यालयले जनाएको छ ।

    अत्याधिक रुपमा चौँरी गाई अन्यत्र निकासी हुन थालेपछि कार्यालयले नियन्त्रण र सङ्ख्या वृद्धिका लागि चासो देखाएको छ । यसका लागि कार्यालयले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको पशु सेवा अधिकृत दाहालले बताए ।

    चौँरी गाई बढी मात्रामा पाइने टाक्सिन्दु र काँकु गाविसमा यो कार्यक्रम लागू हुने छ । आगामी आवमा चौँरी गाईको व्यवस्थापनका लागि १० लाख ९१ हजार ५०० रकम खर्च गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ । सो बजेटबाट चौँरीपालकलाई तालिम, अनुदान तथा चौँरी गाई सुरक्षालगायतका काम गरिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij