मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पाल्पामा मातृशिशु मृत्युदर न्यून

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७३



  • पाल्पा । पाल्पाका विभिन्न स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृशिशु मृत्युदरमा कमी आएको छ । आमा सुरक्षा कार्यक्रमबाट प्रभावित भई हिजोआज स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । जिल्ला जनस्वास्थ्य कार्यालयले ग्रामीण तहदेखि सहरी क्षेत्रमा सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रमले मातृ शिशु, नवजात शिशु र गर्भवती तथा सुत्केरी महिलाको मृत्युदरमा न्यूनता आएको छ ।

    विसं २०६८ बाट सुरु भएको यस कार्यक्रमले स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतनाको विकास महिलामा जाग्दै गएको छ । पहिले पहिले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुन हिच्किचाउने महिला पछिल्लो समय परिवारको साथमा स्वास्थ्य संस्थामा सुत्केरी हुन जान थालेका छन् ।

    जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै २० वटा स्वास्थ्य चौकी गरी जिल्लाभरिमा कुल २५ वटा स्वास्थ्य संस्थाबाट आमा सुरक्षा कार्यक्रम लागू भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए । यी स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क रुपमा सुत्केरी सेवा प्रदान गरिँदै आइएको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालय मातहतका यी स्वास्थ्य संस्थामा चार पटक गर्भवती परीक्षणबापतको ४०० र स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलाका लागि यातायात खर्चबापतको एक हजार रकम प्रदान गरिएको छ ।

    कार्यालयको तथ्याङ्कअनुसार २०७१-७२ मा छ हजार ५०० र २०७२÷७३ मा छ हजार ३०० महिलाले स्वास्थ्य संस्थामा नै गएर सुत्केरी भएको पाइएको छ । जसले गर्दा जिल्लामा पछिल्लो समय मातृशिशु, नवजात शिशुको मृत्युदर न्यून हुँदै गएको छ ।

    स्वास्थ्य कार्यालयले बेला बेलामा गाउँगाउँमा पुगेर सचेतना कार्यक्रम, स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी गराउनुका फाइदा, सुत्केरी महिलाले पाउने सेवा सुविधाका बारेमा जनचेतना गराउन थालेपछि ग्रामीण भेगका महिलामा स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउने भावना क्रमिक रुपमा जागृत हँुदै गएको रामपुर अस्पतालका अहेब तीर्थप्रसाद ढुङ्गाना बताउछन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij