बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

झापाली समाज युएईको एकता तथा बनभोज

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७३



  • युएई । झापाली समाज युएईले दुवईको रमणीय पार्कमा दुई झापाली समाजबीच एकता घोषणासहित वनभोज सम्पन्न भएको छ । २५ फेव्रुअरीमा भएको वनभोज कार्यक्रममा सयौं झापालीहरुको उपस्थिती रहेको थियो । एकता कार्यक्रममा युएईका टाढाटाढाका क्षेत्रबाट समेत सहभागी भएका झापालीहरूबीच विभिन्न प्रतिष्पर्धात्मक खेलहरु समेत आयोजना गरियो ।
    एनआरएन युएईका युथ कोअर्डिनेटर निश्चल तिर्थ दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष मोहन शिवाकोटी, प्रवासी नेपाली मंच युएईका रास्ट्रिय कमिटी सचिव कृष्ण पौडेल, नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, जनप्रगतिशिल मंच युएईका अध्यक्ष हेमन्त पौडेल, नेपाली बिजनेस काउन्सिल युएईका एकेन्द्र थापा लगायत अन्य संघ संस्थाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथी निश्चल तिर्थ दाहालले झापाली समाज युएई अब नयाँ तरिकाले अघि बढ्ने भन्दै झापाली समाजले गरेका कार्यहरु प्रशंसा गर्नयोग्य रहेको र एकतालाई भावनात्मक रुपमा समेत सँगै लिएर अगाडि बढ्न समाजका अगुवालाई आग्रह गरे ।

    एकता, सहयोग र सहकार्यको मुल उदेश्य लिएर करिब २ बर्ष पहिले स्थापना भएको झापाली समाज युएई स्थापना भएको एक बर्ष नबित्दै फुटेको थियो । विकास उप्रेती अध्यक्ष रहेको झापाली समाज युएई र रोहित भण्डारी अध्यक्ष रहेको झापाली समाज युएईबीच एकिकरण भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij