बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

आर. आर. क्याम्पसमा आगो दन्काए

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७३



  • काठमाडौं । दिउँसोदेखि उम्मेद्वारी मनोनयनको विषयमा विवाद भइरहेको राजधानीको आरआर क्याम्पसमा विद्यार्थीले क्याम्पसमा आगो लगाइदिएका छन् । तर, कसले के कारणले आगो लागाइएको हो भन्ने खुल्न सकेको छैन ।

    दिउँसो देखि तनाव ग्रस्त क्याम्पसमा अखिलका विद्यार्थीले आगो लगाएको आरोप नेविसँघका उपाध्यक्ष पुष्प शाहीले बताएका छन् तर, आगो लगाउनेहरु पहिचान नभए पनि नेविसँघ र अखिल क्रान्तिकारीले हुन सक्ने आशंका अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन् । आगो लगेपछि क्याम्पस हाता झन तनाव ग्रस्त बन्न पुगेको छ ।

    आफु निस्केको १० मिनेटमै आगो लागेको थाहा पाएको क्याम्पस प्रमुख निर्मला सुवालले बताए । उनले भने –‘यस्तो प्रकारले निर्वाचन हुन सक्दैन हामी त्रिविको धारणा पर्खेर बसिरहेका छौं ।’ निर्वाचनको मिति नजिकिदै गर्दा क्याम्पस क्षेत्र तनाव ग्रस्त बन्दै गइरहेको छ । के कति क्षति भयो त्यो जानकारी नभएको क्याम्पस प्रमुखले बताए ।

    निर्वाचन कार्यलय सार्ने विषयमा विवाद चर्कदै जादा दिउँसो झडप भएको थियो । दिउँसो झडपका क्रममा दुई नेविसंघका कार्यकर्ता घाइते भएका थिए । घाइते हुनेहरुमा सुरेश भारद्वाज र सुनिल शर्मा रहेका छन् ।
    मनोनयनमा नेविसंघले अवरोध गर्न खोजेपछि विवाद हुँदा अनेरास्ववियूले आक्रमण गर्दा उनीहरु घाइते हुन पुगेको थियो ।

    बेलुकी पख लगाइएको आगो प्रहरी र अनेरास्ववियुका विद्यर्थीहरु मिलेर निभाएका थिए । आगो क्याम्पसको गादाम कोठामा लगाइएको थियो ।

    अहिले तरुण दलका लक्ष्मी थपलिया लगयातको टिम तथा नेविसँघका उपाध्यक्ष पुष्प शाही लगायत क्याम्पस क्षेत्रमा छन् भने अखिलमा अनिल महर्जन लगायतको समुह रहेका छन् ।

    स्ववियू निर्वाचन १८ गते हुँदैछ भने आज उम्मेद्वारी दर्ताको दिन थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij