प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७३
बनेपा । काभ्रेपलाञ्चोकको महादेवस्थान गाविस–९ मा आज भएको ट्र्याक्टर दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
स्थानीय महादेवस्थानबाट हिगुवापाटी जाँदै गरेको ना ५ त ३८५१ नं. को ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा महादेवस्थान गाविस–९ का ४५ वर्षीय कृष्णबहादुर राई दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनले मदिरासमेत सेवन गरेर ट्र्याक्टर चलाएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij