बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

‘पुरानो डुङ्गा’बाट आगलागीपीडितलाई सहयोग

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १५, २०७३



  • पाँचथर । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका लिम्बू समुदायका नेपाली युवाद्वारा स्थापित याक्थुङ सयङ दक्षिण कोरियाले तेह्रथुमको सक्रान्तिबजारका आगलागीपीडितलाई एक लाख ८१ हजार सहयोग प्रदान गरेको छ ।

    सयङको अगुवाइमा सङ्कलित राहत रकम सक्रान्तिबजारका आगलागीपीडितको सहयोगार्थ स्थापित ‘सक्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा जम्मा हुनेगरी शुक्रबार प्रदान गरिएको हो ।

    सक्रान्तिबजारस्थित नागेश्वर पञ्चाङ्ग शिवालय मन्दिरमा आयोजित कार्यक्रममा सयङका संस्थापक सल्लाहकार कुविर लिङ्देनले इलाका प्रशासन कार्यालय सक्रान्तिबजारका प्रमुख सफल पोर्तेललाई रकम हस्तान्तरण गरे ।

    सयङले ‘पुरानो डुङ्गा’ नामक नेपाली चलचित्र प्रदर्शन गरी करिब ७० हजार तथा बाँकी रकम दक्षिण कोरियामा रहेका नेपालीबाट सङ्कलन गरेको हो ।

    आगलागीबाट घर तथा व्यवसाय गुमाएका पीडितको तत्कालीन जीविकोपार्जन तथा आगामी दिनमा पेसा व्यवसाय सञ्चालनमा सहयोग पुग्ने विश्वासका साथ सहयोग सङ्कलन गरिएको लिङ्देनले बताए ।

    गत पुस १ गते आठराईस्थित सक्रान्तिबजारमा भएको आगलागीमा ३२ घर टहरा जल्दा ७३ परिवार विस्थापित भएका थिए । आगलागीपीडित उद्योग वाणिज्य सङ्घ सक्रान्तिबजारको टहरा, कृषि विकास कार्यालयको भवन, आफ्ना आफन्त तथा डेरा गरी बस्दै आएका छन ।

    आगलागी भएको साढे दुई महिना बिते पनि सक्रान्तिबजारको पुनःनिर्माणको काम सुरु हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij