बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

स्नातकतह अध्ययनसँगै गाउँका विद्यार्थी तरकारी खेतीमा लागे

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १५, २०७३



  • मोरङ । तरकारी खेती गर्ने भन्नेबित्तिकै शैक्षिक योग्यता नपुगेर होला वा विदेशमा हन्डर खाएर फर्केका युवा सम्झने गरिन्छ । तर त्यसको विपरीत मोरङको ग्रामीण भेग कदमहा, रङ्गेली, अमाही बरियाती, सिसवनिजहदा र कटहरीका युवा कृषक स्नातक तहमा अध्ययन गर्दै तरकारी खेती गर्दै आएका छन् ।

    अमाही बरियातीका सुवासचन्द्र गच्छदार विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विज्ञान विषयमा स्नातक तहमा अध्ययन गर्दै आएका छन् । स्नातक पढ्दै गरेका विद्यार्थी पाँच जनाको समूह बनाएर चार बिगाहा जग्गा भाडामा लिएर खेती सुरु गरेको भए पनि गत वर्ष उनीहरुले आठ कट्ठामा भन्टा र गोलभेँडा मात्रै लगाएका थिए । उनीहरुले गत वर्ष भन्टाबाट खर्च कटाएर ७० हजार र गोलभेँडाबाट ५० हजार नाफा कमाए । तर यस वर्ष भने चार बिगाहामा नै उनीहरुले तरकारी लगाएका छन् ।

    यस वर्ष कम्तीमा पनि १० लाख आम्दानी गर्ने लक्ष्य उनुहरुको छ । पुरानो तरिका छाडेर आधुनिक प्रविधि र व्यावसायिक तरिकाले खेती गर्दा आम्दानी पनि राम्रो हुने र कृषिमा देशलाई आत्मनिर्भर बनाउन सकिनेमा युवा विश्वस्त रहेको कद्माहा–७ का कृषक जितेन्द्रकुमार मण्डलको भनाइ छ ।

    स्वदेशमा रोजगारी पाइएन भनेर युवा विदेश पलायन भइरहेको अवस्थामा ग्रामीण भेगका यी युवा उदाहरण बनेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij