प्रकाशित मिति : आइतवार, फाल्गुन १५, २०७३
काठमाडौं । माओवादी नेता वर्षमान पुन ‘अनन्त’ लाई थप उपचारका लागगि थाईल्याण्डको राजधानी बैंकक लगिने भएको छ । 
केही दिनअघि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार गराईरहेका अनन्तको स्वास्थ्यमा सुधार नआएपछि आजै (आईतबार) बैंकक लगिने पारिवारिक स्रोतको भनाई छ ।
ज्वरो घटेपनि बान्ता नरोकिएपछि आज उनलाई आकस्मिक रुपमा बैंकक लैजान लागिएको हो ।
अनन्त पत्नी एवं सभामुख ओनसरी घर्तिमगर पनि सँगै बैंकक जाने भएकी छिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij