बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पाकिस्तान एयरलाइन्सको विमानमा ७ यात्रीले उभिएरै गरे यात्रा!

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १५, २०७३



  • पाकिस्तान एयरलाइन्स (पीआईए) विमानले सात यात्रीलाई सिट बिना नै यात्रा गराएको खबर सार्वजनिक भएको छ ।

    मिडिया स्रोतका अनुसार गत जनवरी २० तारिखमा एक एयरलाइन्सले साउदी अरबको फ्लाइट पूर्ण रुपले बुकिङ भएपश्चात् पनि अन्य सात यात्रीलाई उभाएरै यात्रा गराएको छ ।

    उक्त फ्लाइट पाकिस्तानको कराँचीबाट साउदी अरबको मदिना जाँदै थियो र एयरलाइन्सद्वारा दिएको जानकारी अनुसार सबै सिट भरिएको थियो । यसको जानकारी एयरलाइन्सका प्रवक्ताले एक मिडियालाई जानकारी दिए ।

    File photo

    जिन्यूज इन्डियाका अनुसार उक्त फ्लाइटमा यात्रा गर्नका लागि यात्रीहरुको हाथबाट लेखिएको बोर्डिङ पास दिइएको थियो । फ्लाइटमा अतिरिक्त यात्री राखेर यात्रा गर्नु निकै खतरनाक मानिन्छ किनभने यस्तोमा क्षमताभन्दा धेरै यात्रीका कारण अवान्छित घटना घटित हुने आशंका बढ्ने गर्दछ ।

    आपतकालीन स्थितीमा पाकिस्तान एयरलाइन्सको यो फ्लाइटमा पर्याप्त अक्सिजन र सेफ्टी डिभाइस पनि नभएको जानकारीमा बताइएको छ ।

    ४ सय ९ यात्रीको क्षमता रहेको यो फ्लाइटमा जम्मा ४ सय १६ यात्री सवार थिए । फ्लाइटका क्याप्टेन अनवर आदिललाई पनि उडान भरेपछिमात्र अतिरिक्त यात्रीबारे बताइएको स्रोतले जानकारी दिएको छ । उनले डन पत्रिकासँग कुराकानी गर्दै उनले उडान भर्नुपूर्व यसबारे आफूलाई जानकारी नदिइएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij