बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा उपभोक्ताको भीड

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १६, २०७३



  • काठमाडौं ।  कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने मूल नाराका साथ राजधानिको भृकुटीमण्डपमा फागुन ११ देखि शुरु भएको राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा उपभोक्ताको भिड बढेको छ । यो प्रदर्शनीको आयोजना नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघले गरेको हो ।
    मेला सुरु भएको ५ दिनमा करिव ४१ हजार उपभोक्ताले अवलोकन गरेका छन् । यस मेलामा हालसम्म विभिन्न राजनितिक दलका नेताहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु, विद्यार्थी, खेलाडि, कलाकारले पनि अभिरुचीपुर्वक अवलोकन गरेका छन् ।

    यो प्रदर्शनीको आयोजना संघले छैठौ पटक गरेको हो । प्रदर्शनीको समुद्घाटन उद्योग राज्य मन्त्री माननीय कञ्चनचन्द्र वादे श्रेष्ठले गरेका थिए।
    मेलामा बिक्रि भएका सबै जुत्ता तथा चप्पलहरुमा ६ महिना वारेन्टीका साथ १५ देखि २५ प्रतिशत सम्म छुट दिइएको छ ।

    मेलामा करीब ८० हजार दर्शक भित्राउने लक्ष्य आयोजकले लिएको छ । मेलामा प्रतिष्ठीत ब्रान्डका गुणस्तरीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री बितरण गरिएको छ । यस मेलामा पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनिक छालाजन्य वस्तु प्रर्दशन गरिएको छ । मेला फाल्गुण १९ गते सम्म चल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij