मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

महिला मन्त्रीको महत्वकांक्षी योजना, पाठेघरको निःशुल्क उपचार !

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १६, २०७३



  • काठमाडौं । महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महत्वकांक्षी योजना सार्वजनिक गरेका छन् ।
    सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खड्काले महिलामा मात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने योजना सार्वजनिक गरेका हुन् । त्यसका लागि मन्त्रालयले सरकारी अस्पतालसँग सम्झौता गर्ने तयारी गरेको छ ।
    महिलाहरुमा लाग्ने पाठेघर क्यान्सरको उपचार सरकारले निशुल्क उपचार गर्ने भएपछि धेरै महिलाले राहत पाउने मन्त्री खड्काले बताए ।
    ‘हामी लोकप्रिय हुने भन्दापनि महिलाले राहत पाउनुपर्छ भन्ने उद्देश्यले पाठेघरमा लाग्ने क्यान्सरको निशुल्क उपचारको व्यवस्था गर्न लागिएको हो,’ पत्रकार सम्मेलनमा मन्त्री खड्काले भने, ‘यसबाट क्यान्सर लागेका महिलाले राहत महशुस गर्ने हामीले अपेक्षा लिएका छौं ।’
    मन्त्री खड्काले देशका कुनै पनि ठाउँमा ठाउँमा महिलामाथि भएका घरेलु हिंसालगायत सबै प्रकारका हिंसाका घटनामा राज्यले पीडितको उद्दार गर्ने, कानुनी सहायता दिने, उपचार तथा पूर्नस्थापना गर्न तत्काल जिम्मेवार समूहको निर्माण गर्ने जानकारी दिए ।
    कार्यक्रममा मन्त्री खड्काले आर्थिक रुपमा महिलाहरुलाई सशक्त बनाउने उद्देश्यले महिलालाई आयमुलक सिप प्रदान गर्ने, बजार र रोेजगारसँग जोड्न राष्ट्रिपति महिला उत्थान कार्यक्रमको सुरुवात गर्ने जनाए । राष्ट्रपति महिला उत्थान कार्यक्रम फागुन २३ गते कपिलबस्तुबाट सुरु गर्ने मन्त्री खड्काले जानकारी दिए ।
    यसैगरी आगामी दिनमा कारागारमा रहँदा र कारागार मुक्त भएपछि जीवन यापन र आर्थिक गतिविधि गर्न सक्ने गरी आयमूलक प्रदान गर्न यही आर्थिक वर्षमा काठमाडौंको कारागारमा रहेका महिलाकालागि कारागारमै आयमुलक सिप प्रशिक्षण कार्यत्रम संचालन गर्ने तयारी भइरहेको जानकारी दिइयो ।
    मन्त्रालयले प्रत्येक जिल्लामा बालिबालिकाका लागि खेलकुद, मनोञ्जन र शारीरिक अभ्यासको व्यवस्थासहित बाल उद्यान स्थापना गर्ने तयारी गरेको छ । ‘आगामी आर्थिक वर्षमा २१ वटा र यही आर्थिक वर्षमा १० वटा बाल उद्यान निर्माण गर्ने लक्ष्य लिएका छौं,’ मन्त्री खड्काले भने, ‘प्रत्येक जिल्लामा जेष्ठ नागरिकका लागि बृद्धाश्रमको निर्माण गर्ने लक्ष्य अनुसार आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशमा १ वटाको दरले नमुना सशुल्क बृद्धाश्रम निर्माण गरिनेछ ।’
    दश प्रतिशत कमाई आमाबुवालाई
    मन्त्री खड्काले सार्वजनिक गरेको योजनामा प्रत्येक सन्तानले आफ्नो कमाइको दश प्रतिशत रकम आफ्ना बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने छ ।
    आफ्ना सन्तालाई बाबु आमाप्रतिको कर्तव्य वोध गराउन मन्त्रालयले आफ्नो कमाइको दश प्रतिशत आमा बुवाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गर्न लागिएको मन्त्री खड्काले जानकारी दिए ।
    ‘त्यसो हुन सक्यो भने बृद्धावस्थामा आमाबुवा तिरस्कार हुनुपर्ने अवस्था आउने छैन,’ उनले भने। यसैगरी जेष्ठ नागरिकले आफू जिवितै रहेको अवस्थामा आफ्नो सम्पूर्ण सम्पत्ति सन्तानलाई दिन नपाउने व्यवस्था गर्न लागिएको छ। आबाबुवाले आफ्नो सम्पत्ति ७५ प्रतिशत मात्र आफ्ना सन्तालनलाई दिन पाउने व्यवस्था गर्न लागिएको मन्त्री खड्काले जानकारी दिए । बाँकी २५ प्रतिशत भने आफ्नो सेखपछि मात्र सन्तानलाई दिन पाउने कानुनी व्यवस्था गर्न लागिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij