आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रानिएरीलाई हटाएपछि लेस्टरको उत्कृष्ट प्रदर्शन, लिभरपुल पराजित

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १७, २०७३



  • लण्डन । प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछिको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीले उत्कृष्ट खेल प्रदर्शन गर्दै लिभरपुललाई पराजित गरेको छ ।

    ३–१ को जीत हासिल गर्दै फक्सेस रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।

    कार्यवाहक प्रशिक्षक क्रेग सेक्सिपिएरको नेतृत्वमा लेस्टरले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

    गोल गर्न असफल बनिरहेका स्ट्राइकर जेमी भार्डीले खेलको २८ औँ मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाए ।


    त्यसलगतै ड्यानी ड्रिंकवाटरले उत्कष्ट गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा भार्डीले अर्को गोल थपे ।

    भार्डीले गत ३१ डिसेम्बरपछि पहिलो पटक गोल गरेका हुन् ।

    लिभरपुलका लागि फिलिपे काउन्टिन्होले एक गोल गरे ।

    सन् २०१७ मा लेस्टरले प्रिमियर लिगमा गरेको यो पहिलो गोल थियो । जीतसँगै टोलीले लगातार ५ खेलको पराजयको यात्रा अन्त्य गरेको छ ।

    उता, जीतसँगै तेस्रो स्थानमा उक्लने आशमा रहेको लिभरपुलले सबै प्रतियोगितामा खेलिएका ७ खेलमा ५ मा पराजय भोग्न पुग्यो ।

    Golden Oak
    Subusu inner banner


    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij