मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सेनाद्वारा दुर्गममा स्वास्थ्य शिविर

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १७, २०७३



  • लमजुङ । नेपाली सेनाको स्वास्थ्य शिविरबाट दुर्गमका ६०० भन्दा बढी नागरिकले सेवा लिएका छन् । उत्तरी लमजुङको विकट गाउँ घेर्मुमा नेपाली सेनाको पशुपतिप्रसाद गणद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट नागरिक लाभान्वित भएका हुन् ।

    नागरिकसँगको सम्बन्धलाई नजिक बनाउनका लागि नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा हाडजोर्नी, स्त्रीरोग, छाला, नाक, कान, दाँत एवम् आँखासम्बन्धी जाँच तथा उपचार सेवा प्रदान गरिएको थियो ।

    शिविरमा विशेषज्ञ डाक्टरसहित नौ जना चिकित्सकले स्वास्थ्य सेवा दिएका थिए र आवश्यकताअनुसार औषधि पनि प्रदान गरिएको थियो ।

    नियमित स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम गाउँका बासिन्दा आफ्नै गाउँमा नेपाली सेनाको टोली आएर सेवा दिएपछि निकै खुसी भएका थिए । “सेनाले बन्दुक मात्रै बोक्छ भन्ने लागेको थियो, हामी जस्ता विकट गाउँमा सेवा पनि गर्दो रहेछ ।” सेवा लिन आउनुभएकी ५० वर्षीया दुर्गादेवी गुरुङले भनिन ।

    जिल्लाका दुर्गम भेगका स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्ने तथा नागरिक र सेनाबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरेको नेपाली सेनाको पशुपतिप्रसाद गणका गणपति सुभाङ्गद कटुवालले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij