आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सामूहिक प्रयासमा पर्यटन विकास : नाट्टा

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १७, २०७३



  • पोखरा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको सोमबार पोखरामा आयोजित २२ औँ साधारणसभामा पर्यटन क्षेत्रको विकासका लागि पर्यटन सम्बद्ध सबै पक्ष र निकायको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको छ ।

    नेपाल पर्यटनको दृष्टिबाट अत्याधिक सम्भावनायुक्त देश भएको बताउँदै वक्ताले पर्यटन क्षेत्र सम्बद्ध ऐन नियम पनि पर्यटनमैत्री बन्नुपर्ने आवश्यकता औँल्याए ।

    कार्यक्रममा क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले पर्यटन क्षेत्रको समग्र विकासमा पर्यटनमा क्रियाशील व्यवसायी, सङ्घ संस्था एवम् सरकारी निकायको सामूहिक प्रयास आवश्यक हुने बताए ।

    पर्यटन व्यवसायको विकासलाई दृष्टिगत गरी यसलाई उद्योगका रुपमा अघि बढाउनेतर्फ सरकार लागेको बताउँदैउनले यस सम्बन्धी ऐन नियम एकापसमा बाझिन नहुने उल्लेख गरे ।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका धेरै पर्यटकीय आकर्षण प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउँदै ती स्थलको प्रचारप्रसार एवम् प्रवद्र्धन आवश्यक भएको बताए ।

    पर्यटकीय स्थलको प्रचारप्रसारका लागि नेपालमा ट्राभल मार्ट आवश्यक भएको उनले बताए । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष डिल्लीप्रसाद गौतमले भूकम्प र नाकाबन्दी पछि प्रभावित नेपालको पर्यटन विस्तारै पूर्ववत् अवस्थामा फर्कदै गरेको अवस्थामा पछिल्ला समयमा बैंकबाट गरिएको ब्याजदर वृद्धिले पर्यटन व्यवसायी प्रत्यक्ष मारमा परेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij