प्रकाशित मिति : बुधबार, फाल्गुन १८, २०७३
बर्दिया । बर्दियाको सानोश्री ताराताल नगरपालिका–६ कुुसुम्वा बजारमा रहेको दिलबहादुर परियारको पसल ‘हाम्रो वस्त्रालय’मा मङ्गलबार आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट काँचो कपडा, सिलाइ मेसिन लगायतका सामान नष्ट भएको परियारले बताए । आगलागी के कारण भएको हो खुल्न नसकेको इलाका प्रहरी कार्यालय सानोश्री तारातालले बताएको छ ।
स्थानीयवासीका अनुसार विद्युत् सर्ट भई आगलागी भएको र आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा लिइएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij