प्रकाशित मिति : बुधबार, फाल्गुन १८, २०७३
जनकपुर । पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष पदमा अनिल मिश्र दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा मिश्र, ईश्वरचन्द्र झा र नवलकिशोर यादव गरी तीनजना उम्मेदवारी दिएका दिए । मिश्रलाई ७० मत प्राप्त भएको छ भने उनका निकटतम प्रतिद्वन्दी नवलकिशोर यादवलाई ५६ मत प्राप्त भयो ।
महिला उपाध्यक्षमा मनिका झा निर्वाचित भइन् । उपाध्यक्षमा धर्वेन्द्र झा विजयी भए भने सचिव पदमा पुरण साह रौनियार विजयी भए ।
सह–सचिवमा नविन सिंहसमावेसी सह–सचिवमा अकुल साह र कोषाध्यक्षमा अवधेश कामत विजयी भए ।
यसैगरी महिला कोटाको सदस्यमा प्रतिभा झा मधेशी सदस्यमा फुलगेन मुखिया जनजाति सदस्यमा अर्जुन मण्डल विजयी भए भने त्यस्तै खुल्ला सदस्यमा नेहा झा जयंत ठाकुर, निरंजन साह, बबलू चौधरी ,दीपेश मल्लिक,गोविन्द महतो विजयी भए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij