बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

दलीय झगडाले उपभोक्ता समिति वनेन

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १८, २०७३



  • जाजरकोट । जाजरकोटको खगेनकोट गाविस वडानम्बर ५ र ६ का स्थानीयका लागि वर्षौपछि खानेपानी योजना स्वीकृत भएपनि दलीय झगडाले ती योजना प्रभावित हुने भएका छन् । हालै जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयले ति योजनाबारे गाविसलाई लिखित पत्र पठाएपछि उपभोक्ता समिति गठनका लागि भएको तीन दिनको प्रयास असफल भएपछि योजना प्रभावित हुने खतरा बढेको स्थानीयको भनाई छ ।

    ठुला तीन दलका कार्यकर्ताले आफै उपभोक्ता समितिको अध्यक्ष वन्ने अडान राखेपछि उपभोक्ता समिति गठन हुन नसकेको हो । समिति गठन गर्न ३ दिनको प्रयास खेर गएको गाविस कर्मचारी लोकेन्द्र केसीले बताए । त्यस्तै जिल्लाको लहँ, सक्ला, नायकवाडा, झार्पा लगाएतका गाविसमा पनि उपभोक्ता समिति गठनमा विवाद भएको जिल्ला विकास समितिले जनाएको छ । उपभोक्ता समितिमा आफ्नो दलको मात्र वर्चश्व हुनुपर्ने दलीय झगडाले अधिकांश ठाउँमा समयमै काम नभएको भन्दै पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले केहि दिनअघि एक कार्यक्रममा असन्तुष्टि व्यक्त गरेका थिए ।

    जिल्लाका अधिकांश ठाउँमा उपभोक्ता समिति गठनमै महिनौ लगाउने , उपभोक्ता समिति गठन भएपनि काममा गुणस्तर नहुँने समस्याले गर्दा वजेट त्यतैकै खेर गएको स्थानीयहरु वताउँछन् । दलिय भागवण्डावाट नियूक्त भएको उपभोक्ता समिति काम भन्दा पनि कमिसनमा वढी सक्रिया हुँने गरेको स्थानीयको आरोप छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij