बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बसको ठक्करले मोटरसाइकल चालकको मृत्यू

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १८, २०७३



  • सिरहा । पूर्व पश्चिम सडक अन्तर्गत सिरहाको गोलबजारमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिंदा आज एक युवकको मृत्यु भएको छ ।
    इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रकु्मार उपाध्यायका अनुसार मृत्यु हुनेमा सिरहाको देवीपुर गा.वि.स. ९ का ३० वर्षका सुरेन्द्र महतो रहेका छन् ।

    दिउँसो करिब २ बजेतिर पूर्व पश्चिम सडक अन्तर्गत गोलबजार खण्डमा सिरहाको माडरबाट बिराटनगरतिर आउँदै गरेको ना.४ ख १४६० नं. को बसले विपरीत दिशामा रहेको स.५प ७२३४ नं. को मोटरसाइकललाई ठक्कर दिंदा गम्भिर घाइते भएका महतोलाई उपचारका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल ल्याइएको थियो ।

    बसको ठक्करले अत्यधिक रक्तश्राव भएका महतोलाई उपचारकै क्रममा पौने ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक उपाध्यायले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij