आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई जहाज उडाउन तीन पाइलट, भद्रगोल उडान तालिका

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १९, २०७३



  • काठमाडौं ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडान गर्न १७ सिट क्षमताका दुई थान चिनीयाँ जहाज छन् । तर तीनलाई उडाउन निगमसँग जम्मा तीन पाइलट छन् ।

    थप अचम्म केहो भने, तीन पाइलट लिएर दुइटा जहाजबाट सातामा २८ उडान गर्ने तालिका निगमले बनाएको छ । त्यसमाथि तीनमध्ये जहाज कमान्ड गर्ने क्याप्टेन एक जना मात्र छन् भने बाँकी दुई को-पाइलट हुन् ।

    यस हिसाबले एक दिनमा दुई जहाजबाट चार उडान हुनेछन् । एउटा जहाजले दुई उडान गर्नेछ । अब एउटा क्याप्टेन र दुई को-पाइलटले एकैचोटी चार उडान गर्ने असम्भव तालिका बनाइएको छ । एउटा जहाज उडाउन एक जना क्याप्टेन र एकजना को-पाइलट चाहिन्छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार आन्तिरिक उडान गर्ने निगमको एक थान साना जहाज उडाउन क्याप्टेन र को-पाइलट गरी पाँच जना चाहिन्छ । यसको अर्थ दुई क्याप्टेन र तीन को-पाइलट वा तीन क्याप्टेन र दुई को-पाइलट हुनुपर्छ भन्ने हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij