बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

युवालाई संसदीय अभ्यास : शून्य समयमा जम्मा १० विद्यार्थी

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १९, २०७३



  • जनकपुरधाम । सधैँ पठनपाठन हुने कक्षा कोठामा संसद भवनमा जस्तै विद्यार्थीहरुबीच संसदीय परम्पराअनुसार कुनै विषयमा पक्ष विपक्षमा सांसदले तर्क वितर्क र मतदान गरेको देख्दा उपस्थित सबैलाई संसद बैठकको अनुभूति भइरहेको थियो ।

    विद्यार्थी तहमा संसदीय अभ्यासको ज्ञान दिलाउन जनकपुरधामको मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा आयोजित सो कार्यक्रम कुनै राजनीतिक विषयमा छलफल गर्नका लागि नभएर पाँच वर्षअघि जारी गरिएको के जलवायु परिवर्तन नीति २०११ मा संसोधनको आवश्यकता छ रु भन्ने शिर्षकमा युवा विद्यार्थीबीच संसदीय अभ्यास गराउँदै जनचेतना अभिवृद्धि गराउने उद्देश्यले आयोजना गरिएको थियो ।

    बैठकको पहिलो भागमा शून्य समयमा बोल्ने, दोश्रो सत्रमा प्रस्तावको पक्ष एवं विपक्षमा बोल्ने र अन्तिम चरणमा सङ्कल्प प्रस्तावको पक्ष विपक्षमा मतदान गराएको थियो ।

    शून्य समयमा जम्मा १० जना विद्यार्थीले भाग लिएका थिए । उनीहरुले जनकपुरमा सडक निर्माणले निम्त्याएको धुलो धुवाँले सर्वसाधारणको स्वास्थ्यमा परिरहेको असर, दहेज प्रथाले निम्त्याएको विकृति, शिक्षामा निजीकरणको प्रभाव र वैदेशिक रोजगारमा युवा शक्ति पलायनजस्ता सार्वजनिक महत्वका समस्यालाई उठाएका थिए ।

    त्यस्तै जलवायु परिवर्तन नीति २०११ को संशोधनको आवश्यकता रहेको पक्षमा आठ जना र विपक्षमा पाँच जनाले आफ्ना महत्वपूर्ण तर्कहरु प्रस्तुत गरेका थिए । यस नीतिले स्थानीयस्तरका समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै सङ्कल्प प्रस्ताव पारित गरिएको थियो ।

    टोनी हेगेन फाउन्डेसन, त्रिभुवन विश्वविद्यालयको वनस्पति शास्त्र केन्द्रीय विभाग, एसिया प्यासिफिक फर ग्लोवल चेन्ज रिसर्च र मिथिला इन्सटिच्युट अफ टेक्नोलोजी कलेजले संयुक्तरुपमा यस कार्यक्रमको आयोजना गरेको थियो ।

    प्राडा प्रमोदकुमार झा, प्राडा मोहन सिवाकोटी, डा भोगेन्द्र झा, डा रामअशेश्वर मण्डल, पूर्वमन्त्री गणेश साह, पूर्व सहसचिव तोयानाथ भट्टराई, पूर्व सांसद फटिक थापा र मनोजकुमार साहले कार्यक्रमको सहजीकरण गरेका थिए ।

    करिब दुई घण्टासम्म चलेको यस कार्यक्रममा युवा विद्यार्थीले सभामुख, सांसद, मर्यादापालक तथा कार्यालय सचिवको भूमिका निर्वाह गरेका थिए ।
    यसैबीच जलवायु परिवर्तनका असर र यससम्बन्धी नीतिले समेटेका पक्षको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले जनकपुरधाममा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरियो ।

    कार्यक्रमको पहिलो भागमा जलवायु परिवर्तनको असर र जलवायु परिवर्तन नीति २०११ सम्बन्धि सहभागीलाई जानकारी दिने र दोश्रो भागमा प्रस्तुतीको क्रममा उठेका सवालहरुबारे छलफल भएको थियो ।

    सञ्चारकर्मीहरु, सर्वसाधारण, शिक्षक तथा नागरिक अगुवाहरुको सहभागिता रहेको सो कार्यक्रममा प्राडा प्रमोदकुमार झाले जलवायु परिवर्तनका कारण विभिन्न क्षेत्रमा परिरहेको असर र डा। रामअशेश्वर मण्डलले जलवायु परिवर्तन नीति २०११ का मुख्य विशेषताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा पूर्वमन्त्री गणेश साहले जलवायु परिवर्तनबाट किसानले भोग्नुपरेका समस्याहरु, स्वास्थ्य क्षेत्रमा परेका प्रभावहरु, वनस्पतिमा परेका असरहरुबारे प्रकाश पारे ।
    सांसद डा विजयकुमार सिंहले जलवायु परिवर्तनबाट सिर्जित समस्याहरुबारे सर्वसाधारणमा ज्ञानको अभाव रहेकाले यसखालका जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    जापानस्थित एसिया प्यासिफिक फर ग्लोवल चेन्ज रिसर्चले दक्षिण एसियाका नेपाललगायत भुटान, बङ्गलादेश र श्रीलङ्कामा जलवायु परिवर्तनम्बन्धी नीतिका बारेमा जनचेतना अभिवृद्धि, नीतिमा आवश्यक परिमार्जन र कार्यान्वयनमा सहयोग गर्ने गरी सन् २०१६ देखि यस किसिमको पैरवीको कार्यक्रम सञ्चालन गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij