बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

लुक्ला–काठमाडौं हवाईजहाजमा एक्लो यात्री

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २०, २०७३



  • सोलुखुम्बु । चौंरीखर्कस्थित एक विद्यालयमा अध्यापन गर्ने बाक्सिला, खोटाङका विजय राई विहीबार लुक्लाबाट काठमाडौंसम्म हवाईजहाजको यात्री सिटमा एक्लै यात्रा गरे ।

    तीनजना चालकदलका सदस्य भएपनि सीता एअरको यात्री बस्ने १८ ओटा सिटमा उनी एक्लै थिए । यात्रीको सिटमा एक्लै यात्रा गरेको यो उनको पहिलो अनुभव हैन, यसपटकसमेत गरी उनले पाँचौंपटक एकल यात्रीकोरुपमा लुक्ला–काठमाडौंको यात्रा गरेका छन् ।

    राई भन्छन्–‘हवाईजहाजमा एक्लै यात्रा गर्नु मेरो चाहना हैन, बरु एअरलाइन्सको बाध्यता हो ।’

    अहिले खुम्बु क्षेत्रमा पर्यटकीय मौसम सुरु भएको छ, त्यसैले राजधानीबाट लुक्ला जाने यात्रीको भीड नै लाग्छ, विदेशी पर्यटक र जाडो छलेर फर्कने स्थानीयवासीसमेत गरी दैनिक सयौं यात्री काठमाडौंबाट लुक्ला जान्छन् ।

    त्यस्तै, पर्यटकका लागि आवश्यक उपभोग्य सामान पनि हवाईजहाज कार्गो गरेरै ओसारिन्छ । तर, पर्यटक फर्कनेबेला नभएकाले लुक्लाबाट फर्कंदा हवाईजहाज रित्तै फर्कनुपर्छ ।

    हिजोआज मानिस वा कार्गो लिएर दैनिक लुक्ला आउने १५/२० ओटा हवाईजहाज फर्कंदा रित्तै हुन्छन् वा एकाध यात्री लिएर फर्कन्छन् ।

    पर्यटन व्यवसायमा संलग्न सोलुखुम्बु, बुङका नीरकुमार राई पनि आफू लुक्लाबाट थुप्रैपटक यात्री बस्ने सिटमा एक्लै बसेर यात्रा गरेको बताउँछन् ।

    सगरमाथा क्षेत्रमा वर्षमा दुईपटक सिजन हुन्छ । वार्षिक ३५ हजारभन्दा बढी पर्यटक पुग्ने सगरमाथाको प्रवेशद्वारा लुक्ला हो । मुख्य सिजनकाबेला लुक्ला विमानस्थलमा दैनिक सयको हाराहारीमा हवाईजहाज अवतरण हुन्छन् ।

    तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पा भन्छन्–‘आजभोलि यताबाट फर्कने मानिस हुँदैनन्, दुई/चारजना लिएर वा रित्तै पनि फर्कनुपर्छ, यहाँको अवस्था नै यस्तै भएकाले हामीलाई सामान्य लाग्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij