बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

६ महिनामै उक्कियो कालोपत्र

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २०, २०७३



  • सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीमार्फत सिरहा सदरमुकामस्थित थाना चोकदेखि पश्चिम हेमनारायण चोकसम्म निर्माण गरेको सडक ६ महिना नपुग्दै भत्किएको छ । सदिरमुकाम सरहाको मुख्य सडकमै कालोपत्र उप्किएर खाल्डाखुल्डी बढेपछि सर्वसाधारण सास्ती बेहोर्न बाध्य छन् ।

    अन्य सहरी सडक शीर्षकअन्तर्गत सिरहा बजार सहरी सडक तथा भलुवाही–सारस्वरनाथ सडक गरी दुईवटा टुक्रे सडक गत असार मसान्तसम्म निर्माण सम्पन्न गर्न सडक डिभिजन कार्यालयले २०७२ चैत २६ गते चन्द्रमोहन कन्स्ट्रक्सन कम्पनी सिरहालाई ठेक्का दिएको थियो ।

    कालोपत्र बिछ्याउँदा ठेकेदार कम्पनीले दरभाउपत्रमा उल्लिखित मापदण्ड अनुसरण नगरेका कारण सडक भत्किएको स्थानीयको आरोप छ । सडकछेउ कारोबार गर्ने साना व्यवसायीले धुलोले हैरानी बेहोर्नुपरेको छ । ‘हामीले सिरहा सदरमुकामको मूल सडक बनाउने, भत्किने र फेरि ठेक्का लगाएर मर्मत गर्ने प्रवृत्ति १० वर्षदेखि हेर्दै आएका छौं,’ थानाचोकको सडकछेउ फलफूल व्यवसाय गर्ने रुमा अमात भन्छिन्, ‘यो सडकमा आएजति बजेट सबै खल्तीमै हाल्ने गरेका छन् अनि कहाँबाट हुनु विकास ?’

    मिलेमतोमा काम
    ठेकेदार कम्पनीले दरभाउपत्रमा उल्लिखित मापदण्डअनुसार काम नगरे पनि सडक डिभिजन कार्यालयले बेवास्ता गरेको, कार्यालयकै मिलेमतोमा गलत काम भएको स्थानीयको आरोप छ । सडक डिभिजन कार्यालयले गत आर्थिक वर्ष प्रकाशित गरेको सिलबन्दी दरभाउपत्र सूचनाको ठेक्का नं. ५६ अनुसार १२ लाख ६८ हजार रुपैयाँको अनुमानित लागत भएको उक्त शीर्षकको ठेक्का सूचीकृत दर (सेड्युल रेट) भन्दा ६ हजार कममा स्वीकृत गरेको थियो ।

    ‘दरभाउपत्र आहान गरिसकेपछि प्रतिस्पर्धा हुनुपर्नेमा त्यो देखिएन,’ स्थानीयले भने, ‘सेड्युल रेटभन्दा ६ हजार रुपैयाँ कममा सकार गर्नुमा कार्यालयकै मिलेमतो देखिन्छ ।’ सडक भत्किएको र अनियमितता भएको गुनासोपछि पनि सडक डिभिजनले कारबाही गर्नु साटो फागुन ५ गते चन्द्रमोहन कन्स्ट्रक्सनलाई बाँकी रहेको ६ लाख ७२ हजार २ सय ४५ रुपैयाँ भुक्तानी दिएको थियो ।

    ढाकछोप गर्न अर्को टेन्डर
    सडक कमजोर बनेको विषय ढाकछोप गर्न डिभिजनले चोहर्वा–सिरहा–माडर सडक खण्ड मर्मतका लागि भन्दै १६ लाखह ७२ जार ८ सय ८० रुपैयाँ ६२ पैसाको लागत अनुमानमा अर्को बोलपत्र सूचना जारी गर्‍यो । उक्त ठेक्का साह कन्स्ट्रक्सन कम्पनी सिरहाले ११ लाख २९ हजार ५ सय ६ रुपैयाँमा सकार गरेको छ ।

    ‘ठेक्काको मूल्यांकन हामी आउनुभन्दा अगाडि नै भइसकेकाले ठेकेदार कम्पनीलाई भुक्तानी दिनुबाहेक केही गर्न सक्ने अवस्था थिएन,’ डिभिजन कार्यालयका सूचना अधिकृत इन्जिनियर चितरञ्जन यादवले भने, ‘सम्भवत: यसपालि लागेको मर्मतको ठेक्काले बिग्रिएको त्यो सडक पनि बन्छ होला ।’ डिभिजन इञ्जिनियर रामकुमार देवले उक्त सडक निर्माणबारे अनभिज्ञता प्रकट गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij