बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सप्तरी-सुनसरी सडक निर्माण एक वर्ष पछाडि धकेलियो

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २०, २०७३



  • सप्तरीको कञ्चनरुप नगरपालिकाको रुपनगरदेखि सुनसरीको नहडासम्मको सडक निर्माण तोकिएको अवधिभन्दा एक वर्ष पछाडि धकेलिएको छ।

    तराई आन्दोलन र विनाशकारी भूकम्पका कारण तोकिएको अवधिमा सडक निर्माण पूरा हुन नसकेको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले जनाएको छ। आन्दोलनका बेला भएको नाकाबन्दीले आवश्यक सामग्री तथा उपकरण आउन सकेन भने भूकम्पपछि पहाडी जिल्लाका कर्मचारी घरतिर गएकाले काम छ महिना ठप्प भएको कम्पनीका कर्मचारी छकबहादुर गुरुङले बताए।

    राष्ट्रिय सरोकारको योजनाअन्तर्गत सम्झौता बमोजिम तीन वर्षभित्रमा पूरा गर्ने कम्पनीले दाबी गरे पनि उत्पन्न व्यवधानका कारण अवधि थप गरिएको हो । ६१ किमीको यो सडक २०७१ को फागुनबाट सुरु भई २०७४ को असारसम्ममा पूरा गर्ने सम्झौता थियो तर पछि भएको म्यादमा २०७५ को असारसम्ममा सम्पन्न हुने भनिएको छ ।

    राष्ट्रिय योजनाअन्तर्गत निर्माण भएको सडकमध्ये पूर्वी तराई, भित्री तराईका वैकल्पिक सडक हो ।

    यो सडक निर्माण भएपछि तराई र पहाडका गरी दर्जनौँ नगरपालिका र गाउँपालिका लाभान्वित हुने उदयपुरका व्यापारी चेतन राईले बताए।

    पूर्व पश्चिम लोकमार्गको वैकल्पिक सडकका रुपमा निर्माण भइरहेको यो सडकले सप्तकोसीको ब्यारेजको क्षमताभारलाई समेत भरथेग गर्ने प्राविधिकको धारणा छ । चतराको वराह क्षेत्र, धरानको पाथिभरालगायत पूर्वका देवस्थलमा जाने तीर्थयात्रीका लागि पनि यो सडक सुलभ र छिटो हुने बसाहाका यातायात व्यवसायी कुमार श्रेष्ठको भनाइ छ ।

    सो सडकका लागि दुई अर्ब १७ लाग्ने अनुमान गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij