बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

ल्याब सेवा बन्द हुँदा बिरामी मर्कामा

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २१, २०७३



  • म्याग्दी । म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य चौकीमा सञ्चालित ल्याब सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् ।

    बजेट र जनशक्तिको अभावमा ल्याब सञ्चालन नहुँदा सर्वसाधारण सो सेवाका लागि सदरमुकाम धाउन बाध्य भएका हुन् । चौकीमा कार्यरत ल्याब असिस्टेन्ट विवाह गरेर मुस्ताङ गएपछि गत भदौदेखि सेवा बन्द भएको हो ।

    स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ल्याब असिस्टेन्टलाई तलब उपलब्ध गराइँदै आएको थियो । प्राविधिक नहुँदा गर्भजाँच, रगत, युरिक एसिड, कमलपित्त (जन्डिस), एनिमिया, एचआइभी, क्षयरोग, सुगर, पिसाब परीक्षण सेवा बन्द भएका स्वास्थ्य चौकीका निमित्त प्रमुख विक्रम पुनले बताए ।

    ल्याब बन्द हुँदा सो सेवाका लागि भुरुङ तातोपानी, नारच्याङ, दाना, शिख, घार, दोवाका बासिन्दाहरु सदरमुकाम पुग्न बाध्य भएका स्थानीय दशरथकुमार कर्माचार्यले गुनासो गरे। दैनिक दश जनाको अनुपातमा ल्याब सेवा लिन आउने बिरामी फर्कन बाध्य भएका छन् । प्राबिधिक नहुँदा यस वर्ष गाविस कार्यालयले स्वास्थ्य चौकीलाई दिदै आएको अनुदान कटौती गरेको छ ।

    गाविस र भुरुङ तातोपानी कुण्डको अनुदान सहयोगमा ल्याब असिस्टेन्टलाई तलबको व्यवस्था गरिँदै आएको थियो । प्राविधिक जनशक्ति खोजी र आर्थिक स्रोत व्यवस्था गरेर सेवा सञ्चालन गर्न पहल भइरहेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष आत्मा तुलाचनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij