बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

प्रभावकारी तरिकाले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २२, २०७३



  • काठमाडौँ । सरकारले प्रत्येक वर्षजस्तै यस वर्ष पनि प्रभावकारी तरिकाले एक सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवस (यस वर्ष फागुन २५) मनाउने तयारी गरेको छ ।

    सो दिवसका अवसरमा मार्च ७ ९फागुन २४० मा कपिलवस्तुबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम शुभारम्भ गरिने छ । करिब रु २५ करोडको कार्यक्रमले महिलालाई आयमूलक सीप दिने जनाइएको छ ।

    महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कुमार खड्काले महिलाको आर्थिक सबलीकरण गर्नका लागि आयमूलक सीप जरुरी भएको बताए ।

    मन्त्री खड्काले महिलाको आयमूलक व्यावसायिकतामा जोड दिने यस वर्षको लक्ष्य रहेको जानकारी दिए ।

    यस वर्षको नारी दिवसको राष्ट्रिय नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ भन्ने रहनेछ ।

    दिवस सफल पार्न मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहान भृकुटीमण्डपबाट पदयात्रा सुरु गरी सहिदढोका हुँदै शान्तिबाटिका पुगेर समापन गरिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij