बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

लोप हुँदै माटाका भाँडा

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २२, २०७३



  • पाल्पा । जिल्लामा परम्परादेखि चलनचल्तीमा हातले कुदेका कलात्मक माटाका भाँडा अहिले लोप हुँदै गएको छ ।

    माटाकै भाँडा बनाएर राम्रो पहिचान बनाउँदै आएका कुमाल समुदायले निर्माण गर्ने परम्परागत हाँडी, घैँटा, चिलिम, पाला, खुत्रुकेलगायतका भाँडा अहिले पाइन छाडेका छन् । बजारमा आधुनिक प्लाष्टिकका भाँडाको प्रयोग बढ्दै गएकाले घरायसी उपयोगका लागि प्रयोग हुँदै आएका यी माटाका भाँडाको चलन घटदै जाँदा कुमालेको पेसा नै लोप हुन पुगेको हो ।
    रामपुर–१५ गेझाका तल्लो र माथिल्लो गाउँ नै कुमाल समुदायले ढाकेको छ । यिनीहरुले विगतमा माटाका भाँडा बनाएर जीविकोपार्जन गरे पनि अहिले सो पेसा नै लोप हुँदै गएको स्थानीय दामोदर तिमिल्सिनाले बताए ।

    यहाँका ३०० घरपरिवारमध्ये अहिले दुई–चार घरपरिवारले मात्र माटाको भाँडा बनाउने काम गर्छन् । महेन्द्र कुमालले बजारको अभाव र गाउँमा उत्पादित माटाको भाँडाको सट्टा प्लाष्टिक र स्टिलका भाँडाका प्रयोग बढ्दै जाँदा पेसा नै लोप हुने अवस्थामा पुगेको गुनासो गरे । उनले परम्परा जोगाउनका लागि अझै पनि माटाको भाँडा बनाउँछन् । “हाँडी, घैँटो, खुत्रुकेलगायतका माटाका भाँडा बनाए पनि बिक्री गर्न बजारको समस्या छ”– कुमालले भने ।

    यहाँ उत्पादित एउटा हाँडी, घैँटोको आकार हेरी रु २०० देखि ५०० सम्म मूल्य पर्ने गरेको अर्का व्यावसायी मनबहादुर कुमालले बताए। लागतअनुसारको मूल्य पनि पाइँदैन, हिजोआज माटाको भाँडा कमैले मात्र खरिद गरेको उनले बताए ।

    जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङधारा, ख्याहालगायतका स्थानमा बसोबास गर्दै आएका कुमाल जातिले माटाको भाँडा बेचेर आफ्नो जीवन निर्वाह गदै आए पनि अहिले लोप हुँदै गएको छ । वर्षौंदेखि गर्दै आएको पेसा सङ्कटमा पर्न थालेपछि कतिपय कुमालले चौकीदारी र मजदुरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् । कुमाल जातिको पेसा संरक्षणका लागि सरकारी तवरबाट कुनै पहल नहुँदा सामग्री उत्पादन भए पनि बजार अभावका कारण उनीहरुको पेसा सङ्कटमा परेको हो । सस्तो र हल्का खालका प्लाष्टिकका भाँडा गाउँगाउँसम्म पुग्न थालेपछि पेसा नै लोप हँुदै गएको कुमाल जाति बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij