बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

म्याग्दीका पर्यटकीय स्थल लालिगुराँसले राताम्मे

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २३, २०७३



  • म्याग्दी । म्याग्दीका ग्रामिण भेगका वनपाखामा लालिगुराँस फूलेपछि गाउँवस्ती नै सुन्दर देखिन थालेका छन् ।

    म्याग्दीका पर्यटकीय गाउँ घोडेपानी, नागी, पुनहिल, राम्चे, भुरुङ तातोपानी, मुदीलगायतका जंगलमा ढकमक्क लालिगुराँस फूलेपछि वनपाखा गाउँ रमणीय बनेका हुन् ।

    गाउँघर गुराँसले सजिएसँगै गाउँमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्यासमेत बढेको स्थानीय वासिन्दा बताउँछन् ।

    लालीगुराँस फूलेका ठाउँ हुँदै ओहोर–दोहोर गर्ने विदेशी पर्यटक पनि आकर्षित भएको घोडेपानीस्थित होटल सन्नीका सञ्चालक डमबहादुर पुनले जानकारी दिए । घोडेपानी क्षेत्रमा १९ प्रजातिका लालीगुराँस पाइन्छ ।

    लालीगुराँसले ग्रामिण सौन्दर्यता बढाउनका साथै स्थानीयको आयआर्जनमा पनि सहयोग पुर्‍याएको छ ।

    म्याग्दीका ग्रामिण महिलाले लालीगुराँसको जुस बनाएर मनग्गे आम्दानी गर्दै आएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij