बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

नुवाकोटको थप्रेकमा मिनीट्रक दुर्घटना : एकको मृत्यु, तीन गम्भीर

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २४, २०७३



  • नुवाकोटको थप्रेकमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    चालकसहित पाँचजना घाइते भएका छन् । निर्माण सामग्री पु¥याएर फर्कने क्रममा सोमबार राति थप्रेक–६ कुलकुलेमा मिनीट्रक दुर्घटना हुँदा स्थानीय गणेशप्रसाद खतिवडाको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका १६ वर्षका खतिवडालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका थप्रेक–६ का रुपेश नेपाली, राजकुमार तामाङ र लाठो तामाङलाई उपचारका लागि काठमाडाँैको ग्रिनसिटी अस्पताल लगिएको छ ।

    दुर्घटना भएको बा ४ ख ९९५ नम्बरको मिनीट्रकका चालक पञ्चकन्याका उमेश रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक रुम्बासहित मिनीट्रकमा रहेका सुन्दरादेवीका रवीन्द्र तामाङ पनि घाइते भएका छन् ।

    थप्रेकको आरुखर्कमा बालुवालगायतको निर्माण सामग्री पु¥याएर फर्कने क्रममा कुलकुले भन्ने स्थानमा कच्ची सडकमा सन्तुलन गुमाउँदा दुर्घटना हुँदा मिनीट्रक २०० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij