बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

एकहजार पाँचसयलाई ‘आयु–अभिषेक’

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २५, २०७३



  • काठमाडौँ  । कपनस्थित सेतो गुम्बामा महायानी सम्प्रदायका स्वदेशी तथा विदेशी गरी करिब एकहजार पाँचसय अनुयायीलाई मंगलबार ‘आयु–अभिषेक’ प्रदान गरियो ।

    विश्व शान्ति तथा मानव कल्याणका लागि आयोजित कार्यक्रममा कपन गुम्बाका प्रमुख परमपूज्य गुरु क्याब्जे जोपा रिन्पोछेले त्यहाँ उपस्थित अनुयायीलाई विधिपूर्वक सो ‘आयु–अभिषेक’ दिएका हुन् ।

    सहभागीलाई ‘आयु–अभिषेक’ प्रदान गर्दै गुरु जोपा रिन्पोछेले अन्तर्राष्ट्रिय तहमा शान्ति तथा सहअस्तित्व कायम गर्नका लागि बौद्व दर्शन तथा साहित्यको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै सम्यक दृष्टि र वचनको माध्यमबाट शान्तिपूर्ण समाजको विकास हुने बताए ।

    पूजामा सहभागी भएमा विश्वका सम्पूर्ण जीव तथा मानवकल्याणका लागि सकारात्मक ऊर्जा प्राप्त भई रोगव्याधी तथा पापमुक्त भइने जनविश्वास छ ।

    दीर्घजीवन प्राप्तिको कामना गर्दै गरिएको धार्मिक अनुष्ठानमा पुण्य मिल्ने तथा समग्र जगत् र जीवको अधिकार तथा हितको संरक्षणका लागि प्रेरणा पाइने बौद्व विद्वान टीका शेर्पाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij