प्रकाशित मिति : बुधबार, फाल्गुन २५, २०७३
बर्दिया । गाउँ पसेको हात्तीलाई धपाउन खोज्दा हात्तीको आक्रमणबाट मंगलबार राति एकजना युवकको मृत्यु भएको छ ।
बर्दियाको बबई नगरपालिका–३ कर्मला गाउँमा गएराति हात्तीको समूह गाउँमा प्रवेश गरेको थियो । गाउँलेले हात्ती धपाउने क्रममा हात्तीको आक्रमणमा परी बबई नगरपालिका–३ कर्मला गाउँका १८ वर्षीय अमृत भनिने विजय नेपालीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृृत अशोक भण्डारीले बताए ।
घाइते नेपालीको घटनास्थलमा नै मृत्यु भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जआसपास बसोबास गर्ने नागरिकलाई सुरक्षित राख्न निकुञ्जले करेन्ट सहितको तारबारको व्यवस्था गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij