बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

यसरी मनाइदैछ अन्तराष्ट्रिय महिला दिवस

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २५, २०७३



  • काठमाडौ । १ सय ७ औं अन्तराष्ट्रिय महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । अन्तराष्ट्रिय महिला दिवसकै अवसर पारेर बुधबार विहान काठमाडौंैमा विशाल ¥याली निकालियो ।
    महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आह्वानमा निकालिएको ¥यालीमा महिला अधिकारीवादी विभिन्न संंघ÷संस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सरकारले यस वर्षको अन्तराष्ट्रिय महिला दिवसमा महिलाहरुलाई कसरी रोजगारीसँग जोड्न सकिन्छ भन्ने विषयमा जोड दिइएको उल्लेख गरिएको छ ।
    महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले यस वर्षको अन्तराष्ट्रिय महिला दिवसको नारा बदलिँदो परिवेशमा कामकाजी महिलाः सन् २०३० सम्म बराबरी पाईला र महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार भन्ने नारा तय गरेको छ ।
    यसै अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । नेपालमा महिला सशक्तिकरणको नाममा सीप दिने काम विगतमा भएपनि त्यसलाई रोजगारीसँग जोड्ने काम नभएकाले यस वर्षको महिला दिवसले रोजगारीलाई मुख्य प्राथमिकता दिएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले बताए ।

    अन्तर्राष्ट्रिय महिला दिवस : राजधानीमा १०७बmउस औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुधबार आयोजित प्रभातफेरीका सहभागी । तस्बिर : रोशन सापकोटा, रासस

    यसैबीच, सरकारले अन्तराष्ट्रिय महिला दिवसकै अवसर पारेर मंगलबार कपिलबस्तुबाट महिला उत्थान कार्यक्रमको शुभारम्भ पनि गरेको छ । राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गरेको महिला उत्थान कार्यक्रमले देशभरका महिलाहरुलाई आर्थिक रुपमा सम्पन्न गराउने भन्नेमा सरकारले विश्वास लिएको छ ।
    यसै अवसरमा काठमाडौंमा वृहत कार्यक्रमको पनि आयोजना गरिएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालले दिनु भएको शुभकामना सन्देशमा सबै नेपाली महिलाहरुको सुःख, शान्ति र समृद्धिको कामना गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij