आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गैससमा सुशासन प्रवर्द्धन गर्न तालिम

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २५, २०७३



  • रोल्पा  । जिल्लामा सञ्चालित गैरसरकारी संस्था (गैसस) हरुको आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी तालिम सोमवार लिबाङमा सम्पन्न भएको छ ।

    NGO Trainning
    नेपालमा गैससहरुको जवाफदेहिता र सुशासन प्रवर्द्धन कार्यक्रम अन्तरगत ३ दिनसम्म चलेको तालिम सोमवार समापन गरिएको छ । गैसस महासंघ रोल्पाका कार्यबाहक अध्यक्ष दीपा बुढाको अध्यक्षतामा भएको समापन कार्यक्रममा गैसस महासंघका क्षेत्रीय इञ्चार्ज शोभाराम डाँगी, क्षेत्रीय सचिव कमल बोहोरा लगायतको आतिथ्यता रहेको थियो । समापन कार्यक्रमको सञ्चालन गैसस महासंघ रोल्पाका सचिव भिमकुमारी विकले गर्नुभएको थियो ।
    जिल्लामा सञ्चालित गैससका प्रमुखहरुको सहभागिता रहेको तालिममा आन्तरिक नियन्त्रण प्रणाली तथा सुशासन प्रवर्द्धन गर्ने बारे प्रशिक्षण दिइएको छ ।Trainningतालिममा उक्त क्षेत्रका प्रशिक्षकहरु नेत्रमणी आचार्य र नानीमैया वलीले प्रशिक्षण दिनुभएको थियो । तालिमले जिल्लाका गैरसरकारी संस्थाहरुको आन्तरिक नियन्त्रण प्रणाली र सुशासन, पारदर्शितामा उल्लेखनिय भूमिका खेल्ने अपेक्षा लिइएको गैसस महासंघ रोल्पाका कावा अध्यक्ष दीपा बुढाले बताउनुभयो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij