बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

ग्वाटेमालाको बालबालिका स्याहार गृहमा आगलागी, १९ किशोरीको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३



  • काठमाडौं । ग्वाटेमालाको एक बालबालिका स्याहार गृहमा आगलागी हुँदा १९ जना किशोरीको मृत्यु भएको छ ।

    ग्वाटेमाला सिटीबाट २५ किलोमिटर दक्षिण पूर्वमा पर्ने सान जोसे पिनुलामा रहेको स्याहार गृहमा आगलागी हुँदा अन्य २५ जना घाइते भएका छन् ।

    आगलागीमा परी ज्यान गुमाउनेमा १४ देखि १७ वर्ष उमेरका किशोरी छन् । बालबालिका स्याहार गृहमै रहेका केही व्यक्तिका कारण आगलागी भएको हुन सक्ने आशंका त्यहाँका अधिकारीहरुले गरेका छन् ।

    आगलागी हुनुअघि स्याहार गृहमा झडप भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । स्याहार गृहबाट झन्डै ६० जना बालबालिका भागेका छन् ।

    स्याहार गृहमा रहेका बालिकामाथि यौन शोषण हुने गरेको भन्दै केहीले आलोचना गरेपछि झडप भएको बताइएको छ ।स्याहार गृहमा अनाथ बालबालिका रहने गरेका थिए ।

    चार सय जनाको क्षमता रहेको गृहमा आगलागी भएका बेला त्यो भन्दा धेरै रहेकाले पनि क्षति बढी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij