आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोदाममा आगलागी, १० लाखको क्षति

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३



  • पर्सा । वीरगन्जको आदर्शनगरमा आज बिहान एक गोदाममा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । उप–महानगरपालिका–१३ स्थित पुरानो पानीट्याङ्की नजिकै रहेको रेवती शर्माको घरमा सञ्चालित विनाजी महिला ग्रील उद्योगको गोदाममा आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।

    वीरगन्ज उप–महानगरपालिका–८ निवासी विकास गुप्ताले भाडाको घरमा सञ्चालन गरेको उद्योगको गोदाममा बिहान करिब ३ बजे विद्युत्को तारमा सर्ट भर्ई आगलागी भएको वडा प्रहरी कार्यालय विर्ताका इन्चार्ज प्रहरी निरीक्षक अनिश कर्णले बताए ।

    उनले आगलागीमा परी गोदामभित्र रहेका पाँच टन चनाको दाल, एक लाख ५० हजार मूल्य बराबरकोे नमकिन (भुजिया), चारलाख मूल्य बराबरको रेपर, एकथान जेनरेटरलगायतका समान जलेर नष्ट भएको बताए ।

    गोदाममा लागेको आगोलाई वीरगन्ज उप–महानगरपालिकाको बारुणयन्त्र र स्थानीय बासिन्दाको सहयोगमा एक घन्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij