प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३
काठमाडौं । ललितपुरको लुवुस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा सिभील ईन्जिनियरीङ्ग तर्फ ब्याचलर तेस्रो बर्षमा अध्ययनरत सविन धिताल बेपत्ता भएका छन् ।

गत सोमबार (२०७३ फागुन २३) साँझ ८ बजेबाट उनि साथिभाई र परिवारको सम्पर्कमा नरहेको धितालसँगै अध्ययनरत किरण बुढाथोकीले रातोपाटीलाई जानकारी दिए ।
लुवुमा डेरा लिएर बस्दै आएका धितालको मोवाईल र पर्स कोठामै भेटिएको बताईएको छ । काभ्रेको पात्लेखेत स्थायी घर भएका धिताल लुवुस्थित डेरामा एक्लै बस्दै आएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij