बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बाजुराको दुर्गम गाविसमा स्थायी नुन डिपो स्थापना

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३



  • बाजुरा । उत्तरी भेगको दुर्गम गाविसका लागि स्थायी नुन डिपो स्थापना गरिएको छ ।

    उत्तरी भेगको बिच्छ्या र रुगिन गाविसलाई लक्षित गर्दै नुन डिपो स्थापना गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले बताए ।

    उनले भौगोलिक विकटताका कारण नुन लिन दुई दिनको बाटो हिँडेर कोल्टी आइपुग्नुपर्ने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी डिपो राखेर सेवा दिंदै आएको थियो ।

    नुन डिपो स्थापना भएपछि उक्त गाविसका बासिन्दा खुसी भएका छन् । “एक पोका नुन लिन रु ६०० खर्च हुथ्यो तर अहिले एक दिनमै नुन पाइने भयो” स्थानीय धर्मलाल सुनारले बताए।

    एक पोका नुन लिन दुई दिन लाग्नुका साथै रु ६०० देखि रु एक हजारसम्मको खर्च हुने गरेको उनको भनाइ छ ।

    कवाडीमा नुन डिपो सञ्चालन भएपछि जिल्लाका रुगिन, बिच्छ्या गाविस र छिमेकी जिल्ला हुम्ला र मुगु जिल्लाका जनतालाई सहज भएको कोल्टी डिपो प्रमुख धर्मराज पाध्यायले बताए । यसबाट हुम्ला र मुगु जिल्लाका स्थानीयवासीलाई सहज भएकोे छ ।

    कवाडी डिपोका लागि ४०० क्विन्टलभन्दा बढी नुन स्वीकृत भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij