बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

हुलाकी सडक नबन्ने चिन्ता

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २७, २०७३



  • बर्दिया । गुलरियामा हुलाकी सडक नबन्ने हो कि भन्ने स्थानीयवासीले चिन्ता गरेका छन् । हुलाकी सडक स्तरोन्नतिका क्रममा अलपत्र हुलाकी राजमार्गअन्तर्गत पर्ने बर्दियाको मूर्तिहा–गुलरिया–भुरिगाउँ सडकखण्डको कन्सट्रक्सन सर्भे अन्तिम चरणमा पुगेको भनिए तापनि काम कहिले सुरु हुने हो निश्चित छैन ।

    बर्दियाको भुरिगाउँ–गुलरिया हँुदै मुर्तिहासम्मको साढे ३५ किलोमिटर सडक समयमै निर्माण सुरु नहुँदा बबई नगरपालिकासहित शिवपुर, ठाकुरद्वारा, सूर्यपटुवा, ढोढरी गाविससहित सानोश्रीताराताल र राजापुर क्षेत्रका स्थानीयवासी खाल्डाखुल्डी सडकमा जोखिम र झन्झटिलो यात्रा गर्न बाध्य छन् । फागुन पहिलो साताबाट भुरिगाउँदेखि सुरु गरिएको संयुक्त कन्सट्रक्सन सर्भे अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना नेपालगन्जले जनाएको छ ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले डेढ महिनाअघि माघ ८ गते बर्दियामा हुलाकी सडकको शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको एक साताभित्रै निर्माण सुरु हुने मन्त्री लेखकले आश्वासनसमेत दिनुभएको थियो । तर डेढ महिना भइसक्दा पनि मन्त्रीको आश्वासन पूरा हुन सकेको छैन ।

    आयोजनाले जहिले पनि अबको दुई हप्तामा सुरु हुन्छ भन्न थालेको चारपटक भइसक्यो तर काम सुरु भएको छैन । सडक निर्माणको ढिलाइका सम्बन्धमा हुलाकी सडक आयोजना प्रमुख सुमन योगेसले सडकको सम्पूर्ण सम्झौता भएर प्रक्रिया अघि बढिसकेको र अहिले सडक सर्भेको काम भइरहेकाले सर्भेको काम सकेर चैत पहिलो साता भित्रै सडक निर्माणको काम सुरु हुने बताए ।

    तर हुलाकी राजमार्ग आयोजनाले भने सडक समयमै सम्पन्न हुने दाबी गरेको छ । आयोजना प्रमुख योगेशले निर्माण अढाई वर्षभित्र नै सम्पन्न हुने बताउँदै ‘सडकको मापदण्डअनुसार परिमाणमा हुने परिवर्तनको भेरिफिकेसन गर्न गरिएको कन्सट्रक्सन सर्भेको काम सकिँदै सर्भे सकिएको एक साता भित्रै ठेकेदारले काम सुरु गर्ने बताउनुभयो ।

    भुरिगाउँदेखि सानोश्री सम्मको सर्भे सकिएकाले अब करिब १० किलोमिटर मात्रै सर्भेको काम बाँकी रहेको उनको भनाइ छ । त्यस्तै हुलाकी सडकअन्तर्गत पर्ने सर्यु नदीमा पक्की पुल निर्माणको काम सुरु भइसकेको उनले जानकारी दिए ।

    बर्दियाको भुरिगाउँ–गुलरिया हुलाकी सडक शिलन्यास हुँदा स्थानीयवासी निकै खुसी भएका थिए । तर शिलान्यास भएको डेढ महिना पुगिसक्दा पनि सडक निर्माणको काम सुरु नहुँदा स्थानीयवासीले सडक नबन्ने हो कि भन्ने आशङ्का गर्नु स्वाभाविक हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij