मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा सेवा विस्तार

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २७, २०७३



  • डडेल्धुरा । उपक्षेत्रीय अस्पताल स्थापना भएको तीन वर्षको समयमा एक–दुईजना विशेषज्ञ चिकित्सक मात्र रहने उपक्षेत्रीय अस्पतालमा पछिल्लो समयमा भने चारजना विशेषज्ञ चिकित्सकको पदपूर्ति भएको छ ।

    उन्नाइसजना विशेषज्ञ चिकित्सकको दरबन्दी कायम गरिएको भए तापनि पदपूर्ति भने चार जनाको मात्रै हुन सकेको हो । सुदूरपश्चिमका पहाडी सात जिल्लाका नागरिकलाई सेवा पु¥याउने हिसाबले नागरिकको दबाबमा ३ वर्षअगाडि २०७० सालमा उपक्षेत्रीय अस्पताल स्थापना गरिएको भए तापनि विशेषज्ञ चिकित्सक भने सुदूरपश्चिमका नागरिकलाई सबै किसिमको सेवा प्रदान गर्न पहिलोपटक चारजनाको उपस्थिति रहेको अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले जानकारी गराए।

    अस्पतालमा हाल हड्डी रोग विशेषज्ञ डा शिवराज पनेरु, बालरोग विशेषज्ञ डा अमरनाथ ठाकुर, दन्तरोग विशेषज्ञमा डा पदम नेपाली हाजिर भइसकेका र स्त्रीरोग विशेषज्ञ डा नमराज जैसी (जेसी) पनि चाँडै आउने उपक्षेत्रीय अस्पतालले जनाएको छ ।

    चारैजना विशेषज्ञ चिकित्सकको उपस्थितिले यस क्षेत्रका सर्वसाधारणले सुलभ रुपमा उपचार सेवा पाउने र जुनसुकै समयमा पनि सेवा दिन तयार रहेको विशेषज्ञ चिकित्सकको भनाइ रहेको सेवा दिनका लागि नै यस क्षेत्रमा हाजिर भएको जनाएका छन् ।

    साथै, २० जना मेडिकल अधिकृतको दरबन्दीमा १० अधिकृतले पनि सँगै सेवा दिइरहेको अध्यक्ष सिंहले जनाए। अस्पतालले चाँडै एनआइसियु सेवा पनि विस्तार गरिरहेको र एनआइसियु सेवाका मेसिन जडान कार्य भइरहेको उपक्षेत्रीय अस्पतालले जनाएको छ ।

    यो मेसिन जडानपश्चात् कम तौल भएका बच्चा वा समय नपुगी आगाडि नै जन्मेका वच्चालाई जोखिमबाट जोगाउनका लागि आइसियु सेवा प्रभावकारी हुने विशेषज्ञ चिकित्सक बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij