आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ताप्लेजुङमा भारी हिमपात, पाथिभर क्षेत्रमा एक फुटसम्म हिउँ

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २८, २०७३



  • ताप्लेजुङ । शुक्रबार साँझदेखि परेको वर्षासँगै ताप्लेजुङको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । वर्षापछि तल्लो क्षेत्रमा भने चिसो बढेको छ ।

    कञ्चनजंघा हिमालको मूख्य मार्गमा पर्ने घुन्सा, खम्बाछेन लोनार्क, अम्जिलेसालगायतका ठाउँमा पनि भारी हिमपात भएको छ भने ओलाङ्चुङ्गोलासहित प्रशिद्ध तीर्थस्थल पाथिभरा क्षेत्रमा पनि एक फीटसम्म हिउँ परेको स्थानीयले बताएका छन् ।

    पाथिभरा क्षेत्रमा शुक्रबार दिउँसो चार बजेबाट परेको हिमपात अझै नरोकिँदा दर्शनका लागि आएका तिर्थयात्री मर्कामा परेका छन् ।

    माथिल्लो फेदीमानै एक फुटसम्म र पाथिभरा डाँडामा सो भन्दा बढी हिमपात भएको पाथिभराका स्थानीयले बताएका छन् ।

    पाथिभरा दर्शनका लागि आएका दुई सयभन्दा बढी तीर्थयात्री हिउँ परेपछि माथिल्लो फेदीमै रोकिएका थिए ।

    बालबालिका लिएर आएकाहरुलाई हिमपात भएपछि फेदीभन्दा माथि नजान आग्रह गरिएको छ ।

    लामो समयमा वर्षा भएकाले बाली लगाउन सहज हुने भन्दै तल्लो क्षेत्रका कृषक भने हर्षित भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij