मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

होली खेल्नुअघि गरौं यस्तो तयारी

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २८, २०७३



  • —खुसी बाँड्ने रङहरूको चाड फागु पुर्णिमा नजिकिँदै छ । यो दिन रङहरूमा रंगिँदै साथीभाइबीच रहेको तिक्तता पनि बिर्सने गरिन्छ । तर, कहिलेकाहीँ केमिकलयुक्त रङहरूको प्रयोगले सबै रमाइलोलाई नै बिर्साइदिने बनाउन सक्छ । त्यसैले होलीका रङमा रंगिनुभन्दा पहिला केही सावधानी अपनाउनु भने आवश्यक छ । सामान्य सावधानी अपनाउन सके होलीमा कुनै पनि डरविना रङमा खुसीले रंगिन सकिन्छ ।

    —होलीको रङमा रंगिनुपूर्व आफ्नो शरीरमा मज्जाले मोस्चराइजर क्रिम लगाउनु फाइदाजनक हुन्छ । यसले छालामा रङ लागे पनि असर कम गराउन सहयोग गर्छ ।

    —रङमा प्रयोग गरिने केमिकलबाट बच्नका लागि नरिवलको तेल पनि निकै फाइदाजनक हुन्छ ।

    —होलीको दिन रङ खेल्नुअघि पूरा बाहुला कपडा लगाउनु राम्रो हुन्छ । तर, पूरै टाइट फिटिङ कपडा नलगाई खुला भएको ड्रेस छनोट गर्नुपर्छ । यसले गर्दा रङ शरीरको सम्पर्कमा पुग्न पाउँदैन र हानि पनि कम हुन्छ ।

    —कालो, रातो र हरियो रङ बढी हानिकारक मानिन्छ । किनकि, यी रङमा केमिकल बढी प्रयोग गरिन्छ । त्यसैले हलुका रङमा नै रमाउनु फाइदाजनक हुन्छ ।

    —सुक्खा रङको दाँजोमा गिलो रङ बढी खतरनाक हुन्छ । यस्तोमा सफा पानी तथा सुक्खा रङले होलीको मज्जा लिनु राम्रो हुन्छ ।

    —यदि कुनै रङको एलर्जी छ भने सोसँग टाढा नै रहनुपर्छ । या त कुनै चिकित्सकसँग पहिला नै सम्पर्क गरेर आवश्यक एन्टिएलर्जिक औषधि सेवन गर्ने तथा अन्य उपाय अवलम्बन गर्न सकिन्छ ।

    —होली खेल्दै गर्दा सबैभन्दा बढी रङ कपालमा लाग्ने गर्छ । त्यसैले कपालमा नरिवलको तेलले राम्रोसँग मसाज गर्नुपर्छ । सकेसम्म कपाललाई कुनै सलले बाँधेर जोगाउन पनि सकिन्छ । तेल लगाएर होली खेल्दा कपालमा लागेको रङ सजिलैसँग पखाल्न सकिन्छ ।

    —आँखालाई रङबाट जोगाउनका लागि चस्मा प्रयोग गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij