प्रकाशित मिति : शनिबार, फाल्गुन २८, २०७३
काठमाडौ । वर्षाको कारण देखाउँदै नेपाल र केन्याबीचको खेल २९ ओभरमा झारिएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले ब्याटिङ गर्दैगर्दा वर्षा हुन सुरु भएपछि खेल केहिबेर रोकिएको र वर्षा रोकिएसँगै खेल २९ ओभरमा घटाएर पुन सुचारु गरिएकाे हो ।
ओभर घटाइएसँगै केन्याले १०४ रनको लक्ष्य पाएको छ । अहिले केन्याले नेपाल बिरुद्व ब्याटिङ गरिरहेको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा ११२ रन बनाएर खेल्दै गर्दा पानी परेपछि खेल अबरुद्व बन्न पुगेको थियो ।
यसअघि बिहान पनि वर्षाकै कारण खेल निर्धारित समयभन्दा ढिला सुरु भएको थियो । खेल शुरु हुनुपूर्व पनि पानी परेपछि खेलको ओभर छोट्टाइएको थियो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले २७, दीपेन्द्र सिंह ऐरीले १९ र सागर पुनले १० रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
यस्तै शक्ति गौचन र सोमपाल कामी क्रमशः १८ र १५ रन बनाएर खेल्दै गर्दा पानी पर्न पुगेको हो । बलिङ तर्फ केन्याका सेम नेगोचीले सर्वाधिक तीन विकेट लिए ।
डब्लूसीएलसीमा नेपालका लागि केन्या अहिलेसम्मकै बलियो प्रतिस्पर्धी मानिएको छ । विश्वकप छनोटको अर्को चरणमा प्रवेशका लागि दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । दुवै टिम जितका साथ आगामी चरणमा जाने सम्भावना बलियो बनाउन चाहन्छन् ।
यसअघि तीन पटक एकदिवसीय विश्वकपसमेत खेलिसकेको केन्या नेपालभन्दा अनुभवी टोली हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij