बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

होली विशेष: चीनिमा मिसाउनुहोस् कागतीको रस, मिनेटभित्रै हट्छ रङ

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २९, २०७३



  • होली अर्थात् रङहरुको पर्व । होलीको दिनमा रङले निकै महत्वपूर्ण भूमिका खेल्छ । तर दिनको अन्त्यमा रङ हटाउने कुरा तपाईंको लागि समस्या बन्नसक्छ । तर अब चिन्ता नलिनुहोस् ब्यूटी एक्सपर्ट निक्की बावाले होली खेल्नुभन्दा पहिले केही कुरामा ध्यान दिए एलर्जी नहुने र सजिलै रङ हटाउन सकिने तरिका बारे जानकारी दिएकी छिन् ।

    रसायन मिसाइएका रंगले होली नखेल्नुहोस् । रंगको प्रभावबाट बच्नका लागि तपाईं छालामा सनस्क्रिन लोसन पनि लगाउन सक्नुहुन्छ ।

    होली खेल्नुभन्दा पहिले पूरा शरिरमा नेरिवल वा जैतुनको तेल लगाउनुहोस् । कपालमा पनि राम्रो तरिकाले तेल लगाउनुहोस् ।

    निकै गाढा रङ लागेको छ भने चीनिमा कागतीको रस मिसाउनुहोस् । अब यसलाई शरिरको विभिन्न भागमा लगाउनुहोस् । ४ देखि ५ मिनेटसम्म सुक्न दिनुहोस् र बिस्तारै रगड्नुहोस् । यसो गर्दा बिस्तारै रङ निस्कने गर्दछ ।

    रंग छुटाउनका लागि तपाईं आँटाको चोकरको पनि प्रयोग गर्न सक्नुहुन्छ । पिठो चालेपछि चाल्नामा जुन आँटा बचेको हुन्छ, त्यसमा जौको आँटा वा दुधको धुलो मिसाउनुहोस् । त्यसमा थोरै दूध मिसाएर छालामा रगड्नुहोस् ।

    कपालमा रंग लागेको छ भने त्यसलाई राम्रोसँग स्याम्पु लगाउनुहोस् र कन्डिसनर लगाउनुहोस् । कन्डिसनर ५ देखि ७ मिनेटसम्म यत्तिकै छोड्नुहोस् । त्यसपछि कपाल पखाल्नुहोस् ।

    होलीमा पूरा शरिर ढाक्ने कोसिस गर्नुहोस् । सेतो वा हल्का रंगको कपडा सकेसम्म नलगाउनुहोस् । हल्का रंगको कपडामा अत्यधिक रंग बस्छ ।

    छालालाई सुरक्षित राख्नका लागि प्राकृतिक रङको प्रयोग गर्नुहोस् । ओर्गानिक रंग प्रयोग गर्ने कोसिस गर्नुहोस् । यस्तो रङले छाला रुखो हुने, एलर्जी हुने, चिलाउने जस्ता समस्या हुँदैन ।

    रंग निस्किएपछि छाला रुखो भए राती कपालमा राम्रो कम्पनीको हेयर सिरम र छालामा मोइस्चुराइजर लगाउनुहोस् । दिनमा तीनदेखि चारपटकसम्म मोइस्चुराइजर लगाउन सक्नुहुन्छ ।

    रंग छुटाउनका लागि थुप्रै मानिसहरु कपडा धुने साबुनको प्रयोग गर्ने गर्दछन् जसले छालालाई हानी पुर्याउँछ । यसलाई बिर्सेर पनि प्रयोग नगर्नुहोस् ।

    अनुहारलाई फेसवासले धुनुहोस् । रुखो छाला भएकाहरुले फेस वास प्रयोग गर्न सक्नुहुन्छ । शरिरको अन्य भागमा तपाईंको छालालाई सूट हुने साबुन लगाउनुहोस् ।

    होली खेल्ने बेला रंग आँखामा नजाओस् भनी पूरा ध्यान राख्नुहोस् ।

    रंग खेल्ने बेला नङले अत्यधिक मात्रामा रङ सोस्ने गर्दछ । हेर्दा पनि राम्रो हुँदैन त्यसकारण गाढा रङको नेल पोलिस पहिले नै लगाउनुहोस् । यसले तपाईंको नङलाई होलीको रङबाट सुरक्षित गर्दछ ।

    होली खेलेपछि छालालाई धेरै नरगढ्नुहोस् । हल्का हातले स्क्रब गर्नुहोस् किनभने धेरै रगढ्दा छालामा जलन हुनसक्छ ।

    होली खेल्ने बेला घामको सम्पर्कमा आउने भएकाले कपाल रुखो हुन्छ त्यसकारण होली खेल्नुभन्दा पहिले कपालमा तेल लगाउनुहोस् । यसले तपाईंको कपाललाई रुखो हुनबाट जोगाउँछ ।

    रंगका कारण हाम्रो छाला संवेदनशील हुन्छ । यस्तोमा होलीको दिन अति आवश्यक नभएसम्म दुई पटकभन्दा बढि ननुहाउनुहोस् किनभने यसले छाला रुखो हुन्छ । जसले छालाको पिएच ब्यालेन्समा परिवर्तन हुनसक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij