आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बार्सिलोना हार्दा रियल शीर्ष स्थानमा

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ३०, २०७३



  • म्याड्रिड । कप्तान सर्जियो रामोसले विजयी गोल गर्दा रियल म्याड्रिडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै १० खेलाडीमा सिमित रियल बेटिसलाई पराजित गरेको छ ।

    आफ्नो घरेलु मैदानमा २–१ को जित निकाल्दै रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लेको छ ।

    गोलकिपर केलर नाभासले गल्ती गर्दै एन्टोनियो सनाब्रियाको प्रहार आफ्नै पोष्टमा छिराएका थिए । त्यसअघि डार्को ब्रासानाचलाई फल हन्दा रातो कार्डबाट जोगिएका थिए ।


    पहिलो हाफ सकिन अघि मार्सेलोको क्रसमा गोल गर्दै क्रिस्टियानो रोनाल्डोले खेल बराबरीमा ल्याए ।

    खेल सकिन १२ मिनेट बाँकी छँदा लुकास भाजक्वेजलाई लडाएपछि बेटिसका डिफेन्डर माटेयो पिचिनीले रातो कार्ड खाए ।

    जिनेदिन जिदानको टोलीका लागि महत्वपूर्ण समयमा गोल गर्ने बानी बनाएका कप्तान रामोसले पुनः एक पटक गोल गर्दै रियललाई विजयी बनाए ।

    खेलको ८१ औँ मिनेटमा टोनी क्रुसको कर्नरलाई उनले जाली चुमाए ।

    २६ खेलबाट रियलको ६२ अंक रहेको छ ।

    उता, बार्सिलोना भने डिर्पोटिभो ला कोरुनासँग २–१ ले अप्रत्यासितरुपमा पराजित भएको छ ।

    पेरिस सेन्ट जर्मेनविरुद्ध अविस्मरणीय जित निकालेर हौसिएको बार्सिलोना लिगको पुछारमा रहेको टोलीसँग स्तब्ध बनेको हो ।


    घाइते नेयमार बिना निकै कमजोर खेल प्रदर्शन गरेको बार्सिलोना खेलको ४० औँ मिनेटमा पछि परेको थियो । जोसेलुले डिर्पोटिभोलाई अग्रता दिलाएका थिए ।

    तर, दोस्रो हाफको शुरुवातसँगै लुइस सुवारेजले खेल बराबरीमा ल्याए ।

    खेलको ७४ औँ मिनेटमा एलेक्स बर्गान्टिन्ओसले गोल गर्दै डिर्पोटिभोलाई जित दिलाए ।

    सुवारेजले गोल गर्दा बार्सिलोनाले कुनै खेल हारेको यो पहिलो अवसर पनि थियो ।

    २७ खेलबाट बार्सिलोनाको ६० अंक रहेको छ र ला लिगाको दोस्रो स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij