आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आशा जिवितै : ज्ञानेन्द्र र दीपेन्द्रको शतकीय साझेदारीसँगै केन्यामाथि नेपालको सनसनीपूर्ण जीत

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ३०, २०७३



  • काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत आज केन्या र नेपालबीचको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गर्दै शीर्ष चारमा रहने सम्भावना जिवितै राखेको छ ।

    केन्याले प्रस्तुत गरेको १ सय ५६ रनको नेपालले मात्र ३२.२ ओभरमा मात्र ३ विकेट गुमाएर सफलतापूर्वक पछ्याएको हो ।

    नेपालले एकदिवसीय क्रिकेटमा केन्यालाई पराजित गरेको यो पहिलो अवसर हो । यसअघि पनि एकदिवसीय क्रिकेटमा केन्यासँग दुई पटक पराजित भएको थियो । सन् २०१४ को विश्वकप क्रिकेट छनोटअन्तर्गतको अभ्यास खेलमा नेपाल एक विकेटले पराजित भएको थियो भने सन् २०१५ मा नामिबियामा भएको डिभिजन दुईको प्रतिस्पर्धामा पनि नेपालले केन्यासँग हार बेहोरोको थियो ।


    कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरले शतकीय साझेदारी गरेपछि नेपालले सहज जीत हासिल गरेको हो । ज्ञानेन्द्र र दिपेन्द्रले १११ रनको साझेदारी गरे ।

    तर, नेपालको शुरुवात भने राम्रो हुन सकेन । नेपालले दोस्रो ओभरमा नै १ रन बनाएका सुनिल धमलालाई गुमायो । त्यसपछि १४ रनको स्थितिमा ५ रन बनाएका सागर पुनलाई गुमायो ।

    दुवैलाई एलिजा ओटिएनोले पभिलियन फर्काए ।

    त्यसपछि भने ज्ञानेन्द्र र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपालको पारी सम्हाले ।

    निकै आक्रमक ब्याटिङ गरेका दीपेन्द्रले २७.२ ओभरमा आउट हुनअघि ६२ रनको योगदान दिए ।

    कप्तान ज्ञानेन्द्र मल्लले नट आउट रहँदै  ६४ रन बनाए ।

    शरद भेस्वाकरले छक्का हान्दै नेपाललाई जित दिलाए । उनले ११ बलमा २४ रन बनाए ।

    ११८ बल अघि नै नेपालले विजयी लक्ष्य हासिल गर्यो ।

    यसअघि, केन्या ४६ ओभरमा अलआउट हुँदै १ सय ५५ रनमा समेटिएको थियो ।

    टस जितेर केन्यालाई ब्याटिङको निम्तो दिएको नेपालले राम्रो शुरुवात गरेको थियो।

    मेहबुब आलमले कसिलो बलिङ गर्दै केन्याका शुरुवाती दुई विकेट लिए । उनले बलिङ गरेका सातमध्ये ५ ओभर मेडन फाले ।

    आलमको पहिलो शिकार एलेक्स ओवान्डा एलबीडब्लुमा परे भने दोस्रो शिकार धीरेन गोन्डारिया बोल्ड भएका थिए । आलमले एकै ओभरमा दुई विकेट लिएका थिए ।

    त्यसपछि आएका कोलन्स ओबुया र ओपनर इरफान करिमले केन्याको पारी सम्हाले । २ विकेटको क्षतिमा १४ रनबाट दुवै स्कोर ९३ सम्म पुर्याए ।

    २८औं ओभरमा नेपालका लागि सन्दीप लामिछानेको बलमा कोलिन्सलाई विकेटकिपर बिनोद भण्डारीले स्टम्प गरे । उनले ४८ रनको योगदान दिए ।

    त्यसपछि शरद भेस्वाकरको बलिङमा इरफान करिम क्याच आउट भएपछि लगातार रुपमा केन्याको विकेट पतन भयो । करिमले ३८ रन बनाए ।

    २१ रन बनाएका राकेप पटेल बसन्त रेग्मीको बलमा सोमपाल कामीबाट क्याच आउट भए ।

    नेपालका लागि शरद भेस्वाकरले ४ तथा आलम र रेग्मीले २–२ विकेट लिए ।

    शनिबार भएको पहिलो खेलमा नेपाल पाँच विकेटले हारेको थियो ।

    अव के हुन्छ ? 

    सन् २०१९ को एकदिवसिय विश्वकप छनोटको यात्रा जीवतै राख्न नेपालका लागि यो खेल गर वा मरको स्थितिमा थियो ।

    दोस्रो खेलमा केन्यालाई हराएर नेपालले १० खेलबाट आठ अंक जोडेको छ ।

    जसले शीर्ष चारको सम्भावना कायम राख्ने देखिन्छ।

    लिगमा  नेपालले हङकङसँगै उसैको घरेलु मैदानमा र यूएईसँग तटस्थ मैदानमा खेल्नेछ।

    तालिकाको शीर्ष स्थामना रहेको नेदरल्यान्डले १० खेलबाट १६ अंक बनाएको छ।

    दोस्रो स्थानमा रहेको पपुवान्युगिनीको आठ खेलबाट १२ अंक छ।

    तेस्रो स्थानमा रहेको हङकङको १० खेलबाट ११ अंक, चौथो स्थानमा रहेको स्कटल्यान्डको आठ खेलबाट ११ अंक छ।

    आठ खेल सकेको नामिबिया दुई अंकका साथ तालिकाको सातौं तथा समान अंक बनाएको यूएई तालिकाको आठौं स्थानमा छन्।

    नेपाल यसअघि पनि एकदिवसीय क्रिकेटमा केन्यासँग दुई पटक पराजित भएको थियो।

    सन् २०१४ को विश्वकप क्रिकेट छनोटअन्तर्गतको अभ्यास खेलमा नेपाल एक विकेटले पराजित भएको थियो।

    सन् २०१५ मा नामिबियामा भएको डिभिजन दुईको प्रतिस्पर्धामा पनि नेपालले केन्यासँग हार बेहोरोको थियो।

    केन्याले नेपाल आउनुअघि भारतमा अभ्यास गरेको थियो।

    उसले नेपालको हावापानीसँग भारतसँग मिल्ने भएकाले केही समय भारतमा तयारी गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij