बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १, २०७३



  • धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५८ नम्बरको ट्रकले विपरीत दिशातिर जाँदै गरेको बा ५० प ३५०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुईजनाको ज्यान गएको छ ।

    पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति अवेर इटहरीको तरहरा उत्तर पानीपिया भन्ने स्थानमा भएको उक्त घटनामा धरान निवासी २५ वर्षीय दिवस राई र २३ वर्षीया इरो बान्तवा राईको मृत्यु भएको छ ।

    उक्त घटनामा सोही मोटरसाइकलमा यात्रारत राजु मगर भने गम्भीर घाइते भएका छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

    दुर्घटना गर्ने ट्रक र त्यसका चालकलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिई आवश्यक कानुनी कार्वाही प्रारम्भ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij