बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

कृषकलाई तेह्रवटा ‘मिनी पावर टिलर’

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १, २०७३



  • इलाम । जिल्ला कृषि विकास कार्यालय इलामले सोमबार जिल्लाका विभिन्न क्षेत्रका सहकारी र कृषक समूहलाई यो वर्ष १३ वटा मिनीपावर टिलर वितरण गरेको छ ।

    कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रमअनुसार विभिन्न समूह र सहकारीलाई यस्तो सहायता उपलब्ध गराएको कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्लेले जानकारी दिए ।

    किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन विगत सालदेखि जिल्ला कृषि विकास कार्यालयले जिल्लाभर हालसम्म ७२ वटा मिनी पावर टिलर उपलब्ध गराइसकेको कार्यालयका प्रास उद्धव पौडेलले जानकारी दिए । यो वर्ष ११ हर्सपावर क्षमताका पावर टिलर श्रेष्ठ एग्री इन्पुट्स काठमाडौँबाट खरिद गरिएको कार्यालयले जनाएको छ ।

    एउटा पावर टिलरको करिब रु ८४ हजार लागत रहेको र उक्त लागतको ५० प्रतिशत समूह र सहकारीले व्यहोरेका थिए । जिल्लाका किसानमा खेतबारी जोत्नका लागि यस किसिमका मिनी पावर टिलरको आकर्षण बढ्न थालेको छ । समूह र सहकारीले मिनी टिलर सञ्चालन गरी किसानलाई सेवा दिएर आन्तरिक आयआर्जनसमेत गर्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij