बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पाल्पामा गाउँपालिका केन्द्र र कार्यकारी तोकियो

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १, २०७३



  • रामपुर (पाल्पा) । स्थानीय तह कार्यान्वयनका लागि जिल्ला समन्वय समितिले गाउँपालिका तथा नगरपालिकाको केन्द्र तथा प्रमुखको नाम तोकेको छ । सोमबार तानसेनमा बसेको स्थानीय विकास अधिकारीको अध्यक्षतामा बसेको गाविस सचिवहरुको बैठकले ज्येष्ठताका आधारमा निमित्त कार्यकारी अधिकृत तोकिएको छ ।

    पाल्पाका आठ गाउँपालिका र दुई नगरपालिकाको केन्द्रमा नगरपालिकाको तानसेन र रामपुर केन्द्र रहेको छ भने निस्दी गाउँपालिकाको केन्द्र मित्याल, पूर्वखोला गाउँपालिकाको केन्द्र रिङ्गनेरह, रम्भा गाउँपालिकाको केन्द्र पिपलडाँडा, माथागढी गाउँपालिकाको केन्द्र झडेवा, तिनाउ गाउँपालिकाको केन्द्र दोभान, बगनासकाली गाउँपालिकाको केन्द्र चिर्तुङ्गधारा, रिब्दीकोट गाउँपालिकाको केन्द्र खस्यौली र रैनादेवी छहरा गाउँपालिकाको केन्द्र छहरा तोकिएको स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले जानकारीदिए ।

    सरकारले केही दिनभित्रै गाउँपालिका र नगरपालिकामा उपसचिवस्तरको कर्मचारी व्यवस्थापन गर्ने बताइएको छ ।

    केन्द्र प्रमुखमा निस्दी गाउँपालिकामा नोलबहादुर थापा, पूर्वखोला गाउँपालिकामा वीरेन्द्रकुमार नेपाल, रम्भा गाउँपालिकामा भक्तुजङ्ग राना, माथागढी गाउँपालिकामा भरतराज घिमिरे, तिनाउ गाउँपालिकामा हरिप्रसाद पौड्याल, बगनासकाली गाउँपालिकामा कुलप्रसाद अर्याल, रिब्दिकोट गाउँपालिकामा दुर्गाप्रसाद ढकाल र रैनादेवी छहरा गाउँपालिकामा भूपाल सिंह खाम्चालाई निमित्त कार्यकारी अधिकृत तोकिएको छ ।

    तानसेन नगरपालिका र रामपुर नगरपालिकामा भने अहिलेकै कार्यकारी क्रमशः अनिल पौडेल र थानेश्वर पराजुली रहनुहुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij