आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चेल्सी समर्थकलाई मोरिन्होको जवाफ : म अझै पनि नम्बर १ हुँ

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १, २०७३



  • लण्डन । म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले चेल्सीका समर्थकहरुलाई आफू क्लबका लागि अझै पनि नम्बर १ रहेको बताएका छन् ।

    एफए कपमा स्टामफोर्डव्रिजमा भएको खेलमा चेल्सीका समर्थकहरुले मोरिन्होको विरोध गरेपछि मोरिन्होले सो कुरा बताएका हुन् ।

    सोमबार राती १–० को हार बेहोर्ने क्रममा चेल्सीका समर्थकहरुले क्लबका पूर्व प्रशिक्षक रहिसकेका मोरिन्होलाई ‘जुडास’ भन्दै नारा लगाएका थिए ।

    जवाफमा मोरिन्होले समर्थकहरुलाई ३ वटा औँला देखाउँदै आफूले क्लबलाई दिलाएको प्रिमियर लिग उपाधिको संख्या सम्झाएका थिए ।

    ‘चार वटा लिग उपाधि जिताउने प्रशिक्षक नआएसम्म उनीहरुका लागि म नै नम्बर १ हुँ’ उनले भने, ‘त्यसतिबेलासम्म जुडास नै नम्बर १ हो ।’

    दुई पटक क्लबको प्रशिक्षक रहेका ५४ वर्षीय मोरिन्हो चेल्सीका सबैभन्दा सफल प्रशिक्षक हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij